खरसाङ, 18 जुलाई (हि.स.)। शुक्रवार बिहान लगभग 11:30 बजी पैह्रो गएर एनएच 10 बन्द भएको छ। एमएच 10 अन्तर्गत बिरिक डाँडाको भुइँचालेमा पैह्रो झरेकाले राजमार्ग 10 पूर्ण रुपले बन्द भएको छ। बाटो खुलाउने प्रयास जारी रहेको छ।
एनएचआईडीसीएलले पैह्रो हटाउन 5 वटा मशीनहरु खटाएको छ। तर, माथिबाट पैह्रो झर्ने क्रम जारी रहेकाले यातायात सामान्य बनाउन वाधा उत्पन्न भइरहेको बताइएको छ। समाचार लेखुञ्जेलसम्म राजमार्ग खुलाउन सकिएको थिएन।
राष्ट्रिय राजमार्ग 10 भएर यात्रा गर्ने सबै यात्रीहरुलाई सुरक्षालाई ध्यानमा राखेर वैकल्पिक मार्ग अप्नाउने पुलिस प्रसाशनले अनुरोध गरेको छ।
हिन्दुस्थान समाचार / हनोक