पूर्णिया, 18 जुलाई (हि.स.)। पुलिस अधीक्षकको निर्देशमा महिला सुरक्षा-लाई प्राथमिकता दिँदै पूर्णिया जिल्लामा सक्रिय उड़ान गस्ती टीम- द्वारा आज विभिन्न स्कूल, कलेज एवं सार्वजनिक स्थलहरू जस्तै पार्क आदिको निरीक्षण भ्रमण गरियो।
यस अभियानको उद्देश्य छात्रा एवं महिलाहरूलाई सुरक्षित वातावरण प्रदान गर्नु हो ताकि उनीहरू निर्भीक भएर शिक्षा एवं अन्य गतिविधिहरूमा सामेल हुन सकुन्। गल्ती दलले विद्यालय परिसर तथा वरपरका क्षेत्रहरूमा सुरक्षा व्यवस्थाको जायजा लियो अनि विद्यार्थीहरूसित सम्वाद गरी उनीहरूको समस्यालाई सुन्यो।
पुलिस अधीक्षकले स्पष्ट पारेका छन्, उड़ान गस्ती दलको नियमित उपस्थितिबाट असामाजिक तत्वहरूमाथि निगरानी राखिनेछ अनि कुनै पनि प्रकारको अश्लील कृत्य वा उत्पीड़नका घटनाहरूमाथि तत्काल कारबाही सुनिश्चित गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा