खरसाङ, 18 जुलाई (हि.स.)। खरसाङ पुलिस थाना अन्तर्गत सेभोक पुलिसको टोलीले परिजतनगर, सेवकस्थित एक पसलमा छापा मारी हरेन्द्र बोहरा र पोफ्मा बोहरालाई पक्राउ गरेको छ। उक्त छानबिनको क्रममा उनीहरूको पसलबाट 1600 वटा निट्राजेपाम ट्याब्लेट्स आईपी 10 ग्राम जफ्त गरेको छ।
यसका साथै लागूऔषध बिक्रीबाट प्राप्त भएको एक लाख रुपियाँसमेत जफत गरेको जानकारी प्राप्त भएको छ। खरसाङका जोइन्ट बीडीओको उपस्थितिमा सम्पूर्ण कानूनी प्रक्रिया पालना गरी गरिएको र सम्पूर्ण कार्यको भिडियो रेकर्डिङ समेत गरिएको जानकारी गराइएको छ।
यस सम्बन्धमा खरसाङ पुलिस थानामा एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। दुवै अभियुक्तलाई दार्जिलिङस्थित विशेष एनडीपीएस न्यायालयमा पेश गरियो भने अभियुक्त महेन्द्र बोहरालाई 3 दिनको पुलिस रिमाण्डमा पठाइएको छ।
यसअघि पनि गत 14 जुलाईको दिन सेभोक पुलिसले पारिजात नगरका किशन राई उर्फ पुरेकी र सृजना राईलाई पक्राउ गरी उनीहरूको साथबाट 150 वटा प्रोक्सिमेक स्पास क्याप्सुल्स जफत गरेको थियो। यस सम्बन्धमा खरसाङ पुलिस थानामा एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल दुवै अभियुक्त जेल हिरासतमा रहेका छन्।
हिन्दुस्थान समाचार / हनोक