एसएसबीले मध्य रातमा भारी मात्रामा तस्करीको आइफल जफत गऱ्यो
एसएसबीले मध्य रातमा भारी मात्रामा तस्करीको आइफल जफत गऱ्यो


अररिया, 18 जुलाई (हि.स.)। भारत नेपाल सीमामा तैनाथ एसएसबी 52औं वाहिनीको बाह्य सीमा चौकी डुमरियाका जवानहरूले हिजो मध्य रातमा पेट्रोलिङमा प्राप्त सूचनाको आधारमा भारी मात्रामा नेपालबाट तस्करी गरी ल्याइरहेका चाइनीज आइफल जफत गरेका छन्।

यस मामिलामा एसएसबीले एक तस्करलाई हिरासतमा लिएको छ। जससित एसएसबीका अधिकारीले सोधपुछ गरिरहेका छन्। आइफललाई अवैध रूपमा तस्करी गरी तस्करले भारतीय क्षेत्रमा ल्याएर जमा गरिरहेको थियो। सोही अवधि प्राप्त गुप्त सूचनाको आधारमा एसएसबी जवानहरूको स्पेशल गश्ती टीमले यो उपलब्धी हासिल गऱ्यो। एसएसबी 52औं वाहिनीको कमान्डेन्ट महेन्द्र प्रतापले पनि मामिलाको पुष्टि गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande