बंगलादेशको उथुल-पुथुुलबाट बंगालका सीमावर्ती गाउँहरू भयभित
बंगलादेशको उथुल-पुथुुलबाट बंगालका सीमावर्ती गाउँहरू भयभित


जलपाईगुड़ी, 18 जुलाई (हि.स.)। बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सरकारको पतन भएपछि राजनीतिक तथा स्थिरता कायम थियो। तर भर्खरै बंगलादेशमा हिंसा अनि अराजकपूर्ण स्थिति उत्पन्न भएको छ। विशेष गरी गोपालगञ्जको स्थिति तनाउपूर्ण भएको छ। यद्यपि यो क्षेत्र भारत-बंगलादेश सीमाभन्दा धेरै टाड़ा अवस्थित रहे पनि जलपाईगुड़ी जिल्लाको दक्षिण बेरूबाड़ी ग्राम पञ्चायत क्षेत्रमा बसोबास गर्ने मानिसहरू फेरि एकपटक भयभित भएका छन्। उनीहरूले पछिल्लो वर्ष भएको घटनालाई सम्झिरहेका छन् जतिबेला सीमावर्ती क्षेत्रहरूमा अनुप्रवेश गर्ने चेष्टा गरिएको थियो।

वास्तवमा दक्षिण बेरूबाड़ी पञ्चायत क्षेत्रभित्र भारत-बंगलादेशको 29 किलोमीटर लामो सीमा पर्दछ जसममध्ये 16 किलोमीटर क्षेत्र पूर्ण रूपले खुल्ला रहेको छ। यस क्षेत्रमा नवानबस्ती, नलजोवा पाड़ा, चिलडांगा, बारुईपाड़ा, बंग्राम, डाकेर कामत जस्ता केही गाउँहरू अवस्थित छन्।

प्रशासनले यस खुल्ला क्षेत्रमा काँड़ादार तारको बार लगाउनको लागि स्थानीय मानिसहरूबाट भूमि अधिग्रहण गर्ने प्रक्रिया शुरू गरेको छ। 13 किलोमीटरसम्मका मानिसहरू आफ्नो जमीन दिन तयार छन् भने अन्य 3 किलोमीटर क्षेत्रमा बस्ने किसानहरूले आफ्नो जमीन दिन अस्वीकार गरिरहेका छन्। उनीहरूको भनाइ छ, बार लगाइयो भने उनीहरूको खेती गर्ने जमीन खोसिनेछ जसबाट उनीहरूको आजीविका प्रभावित हुनेछ। त्यसैले सीमामा बारबन्दीको काम अहिलेसम्म पूरा हुन सकेको छैन।

बंगलादेशमा उत्पन्न वर्तमान अराजकताको समाचार सोशल मीडियाको माध्यमबाट ग्रामीणहरूमा फैलिरहेकोले भय व्याप्त भएको छ। बुड़ीझोतकी निवासी मिनती रोयले भन्छन्, “गोपालगञ्जको स्थिति देखेर राति निन्द्रा लाग्दैन। हाम्रो सीमा खुल्ला छ। कुनै पनि समय बंगलादेशी असामाजिक तत्वहरू हाम्रो क्षेत्रमा प्रवेश गर्नसक्छन्। हामी चाहन्छौं यथाशीघ्र प्रशासनले यहाँ बार लगाओस्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande