वाराणसी, 18 जुलाई (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रवार समाजलाई विघटन गर्नेहरूमाथि धारिलो प्रहार गरे। उनले भने, समाजमा यस्ता मानिसहरूलाई चिन्हित गर्नुपर्छ। सावनमा भेदभाउ बिनै काँवड़ यात्रा भइरहेको छ। गरीब, धनीदेखि लिएर समाजका हरेक मानिसहरू यसमा सामेल भइरहेका छन्।
मुख्यमन्त्री योगी आदित्यनाथले उक्त मन्तव्य आज वाराणसीको वसन्त महिला महाविद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्। उनले भने, सानो घटना हुँदैमा कावँड़ीहरूमाथि मीडिया ट्रायल गरिँदैछ।, उनीहरूलाई उपद्रवी बताइँदैछ, कतिपय मानिसहरूले त छन् उनीहरूलाई आतंकवादी भन्ने दुस्साहस समेत गरिरहेका छन्। यस्ता मानिसहरूले समाजलाई विघटन गर्न चाहन्छन्।
उनले भने, कतिपय मानिसहरूले समाजमा विभाजन उत्पन्न गराएर मानिसहरूलाई मुख्यधारादेखि अलग्गाउने काम गरिरहेका छन् जुन हाम्रो निम्ति चुनौती नै भएको छ। यस्ता मानिसहरूले सोशल मीडियामा फेक अकाउण्ट बनाएर जातीय संघर्षको स्थिति सृजना गरिरहेका छन्। दुई-तीन वर्षपूर्व यस्तै एउटा घटना घटेको थियो। एउटा आगलागीको घटनामा एकजना व्यक्तिले भगवा रंगको गमछा ओढ़ेका थिए। बीचमा उसको मुखबाट निक्लियो या अल्लाह। यस्तै मानिसहरूलाई चिन्हित गर्न आवश्यक भएको छ।
उनले भने, सावनको महिना चलिरहेको छ। यसपूर्व मुहर्रम थियो। हामीले नियम बनाएका थियौं, ताजियाको लम्बाई सीमित राखियोस्। यसबाट बिजुली, रूखको हाँगाले मानिसहरूको ज्यानलाई खतरा हुन्थ्यो। जौनपुरमा एउटा घटना भयो। ताजियालाई यतिसाह्रो अग्लो बनाइयो कि हाई टेन्शन लाइनको चपेटमा पऱ्यो जसले गर्दा तीनजना मानिसहरूको मृत्युसम्म भयो। पछि उपद्रव हुँदा मैले भनेँ, लट्ठीले कुट यिनीहरूलाई, यिनीहरू सम्झाउँदा मान्दैनन्। यसको विरोध कसैले गरेनन्।
आज काँवड़ यात्रीहरू भक्ति भावनाले ओतप्रोत भएर हिँड़िरहेका छन्। 200, 300, 400 किलोमीटर काँवड़लाई काँधमा बोकेर हिँड़िरहेका छन्। हर-हर बम भन्दै, तर उनीहरूको पनि मीडिया ट्रायल भइरहेको छ, उनीहरूलाई उपद्रवी, आतंकवादीसम्म भनिन्छ। यो त्यो मानसिकता हो जसले हरेक कोणबाट भारतको विरासत र आस्थालाई अपमानित गर्ने काम गर्दछ र यस्तै मानिसहरूले सोशल मीडियामा फेक अकाउण्ट बनाएर जातीय संघर्ष फैलाुने काम गर्दछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा