कोलकाता, 2 जुलाई (हि.स.)। राज्य सरकारलेकलेज औविश्वविद्यालयहरूमास्नातक पाठ्यक्रममा प्रवेशको निम्ति समय-सीमा बढ़ाइदिएको छ। उच्च शिक्षा विभागको केन्द्रिकृत अनलाइन पोर्टलको माध्यमबाट अब आगामी 15 जुलाईसम्म आवेदन गर्न सकिनेछ। यो जानकारी राज्यका शिक्षा विभागीय वरिष्ठ अधिकारीले दिएका हुन्। उनले बताए, मुख्यमन्त्री ममता ब्यनर्जीकोनिर्देशमा विद्यार्थीहरूको सुविधालाई मध्यनजर गर्दैयो निर्णय लिइएको हो।
उच्च शिक्षा विभागकोअनलाइन पोर्टलकोदुईसप्ताहपूर्व नै शुरू भइसकेको छ। अहिलेसम्ममा 3 लाख 25 हजार 342 जना विद्यार्थीहरूले नामांकन दर्ता गराएका छन् भने18 लाख 24 हजार 914 आवेदन दर्ता गरिसकिएको छ जसमध्ये2,901जना विद्यार्थीहरूअन्य राज्यकानिवासी हुन्। अधिकारीले यो पनि बताए, विद्यार्थीहरूको सहायताको लागि पोर्टलमा उपलब्ध ‘च्याटबट बीणा’-ले अहिलेसम्ममा33 हजार 267 प्रश्नहरूको जवाफ दिसकेको छ।
यसबीच गएमंगलवारबिहान10 बजेदेखि राज्यका दुई महत्वपूर्ण शिक्षा पोर्टल क्रमैले बंगाल शिक्षा पोर्टलर एसएससीको'उत्सश्री' पोर्टललाई अस्थायी रूपमा बन्द गरिएको छ। यी दुई पोर्टल आगामी 7 जुलाईको बिहान 11 बजेसम्म बन्द रहनेछ। भनिन्छ, ओबोसी वर्गसित सम्बन्धित कानूनी जटिलताहरूको कारणले श्रेणीहरूमा संशोधन गर्ने उदेश्यले यो कदम उठाइएको हो।
उल्लेखनीय छ,बंगाल शिक्षा पोर्टल, उत्सश्री, आईओएसएमएस औस्कलरशिप पोर्टल, यी चारैवटालाईनेशनल इन्फर्मेटिक्स सेन्टर (एनआईसी)-द्वारा संचालन गरिँदै आएको थियो। बंगाल शिक्षा पोर्टलर उत्सश्री पोर्टल राज्यकोशिक्षा वेबसाइटकोअधिनमा थियो भने अन्य दुईवटा पोर्टल थिएन। अब यी चारैवटा पोर्टलहरूलाई राज्य सरकारको अधिनमा ल्याएर संचालन गर्ने जिम्मा वेस्ट बंगाल स्टेट डेटा सेन्टरलाई सुम्पिइनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा