ज्वाइले चक्कुले गला रेतर सासु र ससुराको हत्या गऱ्यो
ज्वाइले चक्कुले गला रेतर सासु र ससुराको हत्या गऱ्यो


लखनऊ, 03 जुलाई (हि.स.)। आलमबाग थाना क्षेत्रमा बुधवार अबेर राति ज्वाइले गला रेतेर सासु-ससुराको हत्या गऱ्यो। पुलिसले आरोपीलाई पक्राउ गरी अघिको कारबाही शुरू गरेको छ।

पुलिस उपायुक्त मध्य आशीष श्रीवास्तवले बताए, आलमबाग थानाको गढ़ी किनौरा निकट बस्ने अन्तराम (75) र उनकी पत्नी आशा देवी (73) को उनका ज्वाइ जगदीपले चक्कुले गला रेतेर हत्या गऱ्यो। पुलिसले आरोपीलाई पक्राउ गरेको छ।

सोधपुछमा थाहा लागेको छ कि जगदीपको आफ्नी पत्नी पूनमसित आपसी विवाद चलिरहेको थियो। यसबाट रूष्ट भएर पूनम अप्रेल महिनादेखि माइतामा बसिरहेकी थिइ।

बुधवार साझँ युवक आफ्नी पत्नीलाई लिन ससुराली आएको थियो, जहाँ दुवैबीच झगड़ा भयो। झगड़ा शान्त गर्न पुगेका सासु-ससुराको ज्वाइले चक्कुले हत्या गऱ्यो। घटनापछि आरोपी भाग्न थाल्यो तर मानिसहरूले उसलाई समातेर पुलिसलाई सुम्पे।

डीसीपीले भने, पत्नीसित विवादपछि युवकले आफ्ना सासु र ससुराको चक्कुले हमला गरी हत्या गरेको छ। पुलिसले आरोपीलाई पक्राउ गरी अघिको कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande