खरसाङमा गॉंजा बिक्री गरेको आरोपमा पति-पत्नी पक्राउ
खरसाङमा गॉंजा बिक्री गरेको आरोपमा पति-पत्नी पक्राउ


खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङ पुलिसको सक्रियतामा आज खरसाङमा गॉंजा बिक्री गरेको आरोपमा पति-पत्नीलाई पक्राउ गरिएको छ। प्राप्त जानकारी अनुसार, खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनिस शाहको अगुवाईमा पुलिसले छापा मारेर गॉंजा जफ्त गरेको छ।

गुप्त सूचनाको आधारमा खरसाङ बजारदेखि केही पर एनएच 110 मा एउटा सानो दोकानमा पुलिसले छापा मार्दा गाजा फेला पारेको छ। पुलिसले उक्त सानो दोकनबाट पति-पत्नीलाई गॉंजा बिक्री गरेको आरोपमा पक्राउ गरेको छ।

खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनीश शाहले भने, आज गॉंजा बिक्री गरिरहेको गुप्त सूचनाको आधारमा छापा मार्दा एउटा सानो दोकानबाट पुलिसले गॉंजा फेला‌ पाऱ्यो। गॉंजा बिक्री गरेको आरोपमा पति-पत्नीलाई पुलिसले पक्राउ गरेर केरकार गरिरहेको छ।

उनले ड्रग्स विरोधी अभियानको लागि खरसाङ क्षेत्रमा सातवटा स्थानहरुमा नाका चेकिङ राखिएको जानकारी गराइन। उक्त नाका चेकिङका साथै यहाँका जनता सचेत भएर ड्रग्स विषयमा पुलिसलाई जानकारी गराएको खण्डमा पुलिसले तुरुन्तै एक्शन लिने पनि उनले बताएकी छिन्।

खरसाङ महकुमा पुलिस अधिकारीले आज जफत गरिएको गॉंजाको बजारमा अनुमानित मूल्यको विषयमा नारकोटिक्स विभागले‌ तय गर्ने पनि बताएकी छिन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande