खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङ पुलिस थाना अन्तर्गत गाडीधुरा पुलिस आउट पोस्टको ट्राफिक प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलवार 1 जुलाईदेखि आगामी 8 जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेफ ड्राइभ सेभ लाइभ आयोजना गरिएको छ। यस कार्यक्रम अन्तर्गत बुधवार सडक सुरक्षा सप्हात पालन गर्दै बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरियो।
उक्त प्रतियोगिता सुकना मोडल हाई स्कूलमा आयोजना गरिएको थियो। यस प्रतियोगितामा 77 जना विद्यार्थीहरुले सहभागिता जनाए। यस प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेहरुलाई पुरस्कृत गरियो।
सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत 8 जुलाईसम्म विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक