पोर्तरश, नर्दर्न आयरल्याण्ड 21 जुलाई (हि.स.)। अमेरिकाका स्टार गल्फर स्कटी शेफलरले आइतवार रोयल पोर्तरशमा खेलिएको ब्रिटिश ओपनमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिलो ब्रिटिश ओपन उपाधि चार शटको बढतका साथ आफ्नो नाम गरेका छन्।
विश्वका नम्बर 1 खेलाडी शेफलरले अन्तिम चरणमा 68 को स्कोर गरे। उनले अगावै चार शटको बढतका साथ दिनको शुरुवात गरिसकेका थिए। उनले शुरूमा तीन बर्डी लगाए, यद्यपि आठौं होलमा एक बंकरबाट बाहिर निक्लिन नसकेपछि उनले डबल बोगी झेल्नु पऱ्यो।
यसका बावजुद, शेफलरको बढत कहिले पनि गम्भीर जोखिममा परेन र उनले टूर्नामेन्टमा आफ्नो दबाउ कायम राखे। यो शेफलरको चौथो मेजर उपाधि हो र यो वर्षको दोस्रो मेजर उपाधि हो। उनले मई महिनामा पीजीए च्याम्पियनशिप पनि जितेका थिए।
29 वर्षीय शेफलरले कुल 17 अण्डर पारको स्कोनका साथ उपाधि आफ्नो नाम गरे। अमेरिकाकै हेरिस इंग्लिश र क्रिस गटेरअप क्रमश: दोस्रो र तेस्रो भए। शीर्ष तीन स्थानमा अमेरिकी खेलाडीहरूको बर्चस्व देखियो।
हिन्दुस्थान समाचार / भवानी थामी