स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता र म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता र म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न


खरसाङ, 16 जुलाई (हि.स.)। आगामी स्वतन्त्रता दिवस खुल्ला नगद राशि फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको आज एक सभा सम्पन्न भयो। उक्त सभा खरसाङ महकुमा खेलकूद संघका सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ‌।

सभालाई सञ्चालन गर्दै मूल सचिव निर्मल गुरुङले गत केही दिनअघि सफलतापूर्वक टेबल टेनिस प्रतियोगिता सम्पन्न भएकोमा सम्पूर्ण सदस्यहरुलाई संस्थाको‌ तर्फबाट धन्यवाद दिए। उनले आगामी स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता र स्वतन्त्रता दिवस म्याराथन आयोजना विषयमा सभामा कुरा राखे।

सभामा उक्त दुईवटा विषयमाथि चर्चा परिचर्चापछि सर्वसहमतिले यसपाली प्रतियोगिताको विजेता दललाई प्रदान गरिने नगद राशिमा‌ बढोत्तरी गर्ने निर्णय गरियो। त्यसरी नै यस वर्ष म्याराथनमा आफ्नो दौड पूरा गर्ने सबै प्रतियोगीहरुलाई प्रमाणपत्रको साथमा मेडल प्रदान गर्ने प्रस्ताव पारित गरिएको जानकारी संघका सचिव निर्मल गुरुङले गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande