साक्षात्कार: मेरो लागि पात्रहरूमा विविधता वास्तविक सन्तुलन र रचनात्मक ऊर्जाको स्रोत हो: तृप्ति डिमरी
तृप्ति डिमरी


बलीवुडकी ट्यालेन्टेड एवं सुन्दर अभिनेत्री तृप्टि डिमरी हालैमा फिल्म 'विक्की विद्या का वो वाला वीडियो' मा राजकुमार रावसॅंग देखिएकी थिइन्। अब उनी एउटा नयॉं र भावनात्मक प्रेम कथाको साथमा फर्किरहेकी छिन्। उनको अर्को फिल्म 'धड़क-2' हो, जसमा उनी सिद्धान्त चतुर्वेदीसॅंग रोमान्स गरिरहेको देखिने छिन्। यो फिल्म 1 अगस्तमा सिनेमा घरहरूमा रिलीज हुनेछ। हालैमा फिल्मको ट्रेलर रिलीज भयो, जसमा एक गहिरो प्रेम कथाका साथै जतिवादी जस्ता गम्भीर सामाजिक मुद्दालाई पनि प्रमुखतासॅंग देखाइएको छ। ट्रेलरको निकै प्रशंसा गरिएको छ र फिल्मलाई लिएर दर्शकहरूमा उत्साह देखिएको छ।

तृप्टि डिमरीले हालैमा 'हिन्दुस्थान समाचार'सॅंग विशेष कुराकानी गरिन्, जसमा उनले आफ्नो करियर, यस फिल्ममा निर्वाह गरेको पात्र र निजी जीवनमा काम र सन्तुलनको तालमेलबारे खुलेर कुरा गरिन्। यस कुराकानीमा तृप्तिले फिल्मसॅंग सम्बन्धित धेरै रोचक कुराहरू शेयर गरिन्।

Q: तपाईंको शानदार कमब्याकको बारेमा के भन्न चाहनुहुन्छ?दर्शकहरूले ममाथि यति धेरै विश्वास देखाएको देख्दा म धेरै खुशी छु। जब 'धड़क-2' को ट्रेलर रिलिज भयो म आफैं पनि यसलाई बारम्बार हेरिरहेको थिएँ र कमेन्ट पढेर भावुक बनिरहेको थिएँ। एक अभिनेताको रूपमा जब मानिसहरूले तपाईको कामको कदर गर्छन्, त्यो हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। हामी कलाकारहरूको मुख्य उद्देश्य मानिसहरूलाई मनोरञ्जन दिनु हो र जब हाम्रो कामले उनीहरूको मन छुन्छ, तब हामीलाई दर्शकहरूले के मन पराउँछन् र के मन पराउँदैनन् भनेर बुझ्ने मौका पनि मिल्छ। यसले हामीलाई हाम्रो अभिनयलाई अझ राम्रो बनाउन प्रेरित गर्छ। अहिलेसम्म मैले गरेका सबै चलचित्रहरूमा मलाई गर्व छ। हरेक परियोजना छनौट गर्दा म त्यसमा मेरो 100 प्रतिशत दिने प्रयास गर्छु। मेरो लागि हरेक पटक फरक-फरक भूमिका निर्वाह गर्नु धेरै महत्त्वपूर्ण छ, नत्र म एउटै भूमिका खेल्दा बोर हुनेछु। म मेरो जीवनको त्यस्तो बिन्दुमा कहिल्यै पुग्न चाहन्न जहाँ मलाई लाग्छ कि अभिनयले मलाई अब उत्साहित गर्दैन। 'धड़क-2' पछि, अर्को फिल्म यसभन्दा धेरै फरक हुनेछ, किनकि मेरो लागि पात्रहरूमा विविधता नै वास्तविक सन्तुलन र रचनात्मक ऊर्जाको स्रोत हो।

Q: के यो फिल्मले तपाईलाई चुनौती दियो?हो, पक्कै पनि, यो फिल्म मेरो लागि धेरै चुनौतीपूर्ण थियो किनभने जब मैले यसको स्क्रिप्ट पढें, मैले बुझें कि यो कथाले धेरै माग गर्छ। जब हामी गम्भीर प्रेमकथा भएको फिल्म वा सामाजिक सन्देश भएको फिल्ममा काम गर्छौं, तब पूर्ण इमानदारी र संवेदनशीलताका साथ त्यसलाई गर्नु हाम्रो जिम्मेवारी हो। आजका दर्शकहरू धेरै बुद्धिमान छन्, यदि तपाईले आफ्नो काममा सत्यता राख्नुभएन भने दर्शकहरूले तुरुन्तै त्यो कुरा बुझ्छन्। त्यसकारण, शुरुदेखि नै हामीले प्रत्येक दृश्यलाई पूर्ण कडा परिश्रम, समर्पण र एकाग्रताका साथ प्रस्तुत गर्ने प्रयास गऱ्यौं, ताकि हाम्रो अभिनय कृत्रिम नभई वास्तविक देखियोस्। धेरै पटक, त्यस्ता दृश्यहरू थिए जसले हामीलाई भावनात्मक रूपमा धेरै प्रभाव पाऱ्यो, क्यामेराको अगाडि रुन पर्थ्यो, र यी सबैले हाम्रो मानसिक स्वास्थ्यलाई पनि असर गर्छ। यस्तो अवस्थामा हाम्रो निर्देशक धेरै सहयोगी हुनुहुन्थ्यो, जब जब उहाँलाई लाग्थ्यो कि म अलि बढी भावनात्मक रूपमा डुब्दैछु, उहाँले मलाई सम्हाल्नुहुन्थ्यो। मलाई लाग्छ जबसम्म तपाई भित्रबाट राम्रो महसुस गर्नुहुन्न, तपाई पर्दामा राम्रो प्रदर्शन गर्न सक्नुहुन्न। त्यसैले शुटिङ गर्दा खुशी रहनु र सन्तुलन कायम राख्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण थियो। यो पात्र निर्वाह गर्न गाह्रो थियो, तर हामीले यसको हरेक प्रक्रियालाई हृदयदेखि बाँच्यौं र आनन्द पनि लियौं।

Q: के यो फिल्मले मानिसहरूको सोंचमा परिवर्तन ल्याउने छ?हजुर, समाजमा हुने कुनै पनि प्रकारको परिवर्तन सधैं ज्ञान र समझबाट आउँछ। जबसम्म कसैलाई सही र गलत बीचको भिन्नता थाहा हुँदैन, उसले परिवर्तनतर्फ कसरी कदम चाल्छ? यदि हाम्रो फिल्म मार्फत हामीले मानिसहरूको सोचमा थोरै मात्र पनि जागरूकता ल्याउन सक्यौं भने त्यो हाम्रो सबैभन्दा ठूलो सफलता हुनेछ। तपाई र म जातिवादमा विश्वास नगर्न सक्छौं, तर यो सत्य हो कि आज पनि हाम्रो समाजमा यो नराम्रोसँग अवस्थित छ। यदि हाम्रो कथा अझै पनि यो मानसिकता धारण गर्ने मानिसहरूसम्म पुग्यो र उनीहरूलाई यो मनोवृत्ति गलत छ भन्ने महसुस गरायो भने, यो परिवर्तनको लागि एक बलियो शुरुवात हुन सक्छ। फिल्म हेरेपछि सबैजना तुरुन्तै परिवर्तन हुनुपर्छ भन्ने छैन, तर यदि उनीहरूमा कुनै प्रश्न उठ्छ, हिचकिचाहट उत्पन्न हुन्छ कि शायद उनीहरू केही गलत गरिरहेका छन् भने त्यो पनि ठूलो कुरा हो। मलाई विश्वास छ कि हामीले यस विषयलाई जुन इमानदारी र सत्यताका साथ चित्रण गरेका छौं, त्यसले पक्कै पनि मानिसहरूको हृदयमा पुग्नेछ र उनीहरूको सोचमा परिवर्तनको बाटो खोल्नेछ।

Q: के जीवनमा वर्क-लाइफ ब्यालेन्स हुनु आवश्यक छ?तपाईले एकदम सही भन्नु भयो, अभिनयमा मात्र नभई हरेक पेशामा वर्क-लाइफ सन्तुलन कायम राख्नु धेरै महत्त्वपूर्ण छ। म व्यावसायिक र व्यक्तिगत जीवनबीच उचित सन्तुलन कायम राख्न पनि प्रयास गर्छु। जब म शुटिङबाट केही फुर्सद पाउँछु, म त्यो समय मेरो परिवार र साथीहरूसँग बिताउने प्रयास गर्छु। उनीहरूसँग समय बिताउनु मेरो लागि अत्यन्तै महत्त्वपूर्ण छ किनभने त्यहीँबाट म वास्तविक खुशी र शान्ति पाउँछु। यस बाहेक, मलाई टेनिस खेल्न र चित्रकला मन पर्छ, त्यसैले म ती कुराहरूको लागि पनि निश्चित रूपमा समय निकाल्छु। यी सबै शौकहरूले मलाई मानसिक रूपमा शान्त र सन्तुलित राख्न मद्दत गर्छन्। आखिर, हामी सबै मानिस हौं र यदि हामीले एउटै काम बारम्बार गऱ्यौं भने, थकित र बोर हुनु स्वाभाविक हो। त्यसैले मलाई लाग्छ कि समय-समयमा हाम्रो रूटीन तोड्नु र आफूलाई रिफ्रेश गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande