एकलव्य आदर्श विद्यालयले आदिवासी बालबालिकाहरूको भविष्यलाई आकार दिँदै
आ


दि


वा


छिन्दवाड़ा, 14 जुलाई (हि.स.)। मध्यप्रदेशको छिन्दवाड़ा जिल्लादेखि लगभग 54 किलोमीटर टाढ़ा प्रकृतिको काखमा स्थित एकलव्य आदर्श आवासीय विद्यालय, तामियाले आदिवासी नानीहरूको भविष्यलाई सपारिरहेको छ। अर्को शब्दमा भनौं भने यो विद्यालयले आदिवासी नानीरूपी ढुंगाबाट हीरा बनाइऱहेको छ। यो विद्यालय नरेन्द्र मोदीको सरकारको 'शिक्षाले सशक्तीकरण' को सोचको प्रमाण हो, जसमा विशेष रूपमा जनजाति समुदायका नानीहरूलाई गुणवत्तापूर्ण शिक्षा प्राप्त भइरहेको छ।

विद्यालयका प्राचार्य राकेश कुशवाहा अनुसार, एकलव्य आदर्श आवासीय विद्यालय, तामियामा कक्षा 6 देखि 12 सम्मका शिक्षा प्रदान गरिन्छ। छात्रहरूका लागि यहाँ आवास, भोजन, स्वास्थ्य सेवाहरू, पुस्तक र स्टेशनरी जस्ता सबै सुविधाहरू एकदमै निःशुल्क उपलब्ध गराइन्छ। वास्तवमा तामियाको एकलव्य आदर्श आवासीय विद्यालयले आदिवासी नानीहरूलाई निःशुल्क शिक्षा, आवास, भोजन आदि सुविधाहरू मात्र होइन तर सबै खेलहरू र कलाहरू (चित्रकला, संगीत, नाट्यकला) को पनि प्रशिक्षण दिँदैछ। संक्षेपमा भनौं भने यहाँ छात्रहरूको सर्वांगीण विकासमाथि विशेष जोड दिइन्छ, जसबाट यहाँका नानीहरू मुख्यधारामा सजिलै सामेल हुनसकुन्। वरपरका आदिवासी क्षेत्रहरूका नानीहरूका लागि एकलव्य आदर्श विद्यालय, तामिया कुनै वरदानभन्दा कम छैन।

खास कुरा के छ भने यस विद्यालयमा प्रवेशको निम्ति मेरिटको आधारमा प्रवेश परीक्षाहरू आयोजित गरिन्छ ताकि योग्य र होनहार जनजातिय नानीहरूले अवसर पाओस्। यस विद्यालयको उद्देश्य जनजातिय नानीहरूलाई शिक्षाका साथै सामाजिक र सांस्कृतिक दृष्टिले पनि सशक्त बनाउनु हो। हालमा तामियाको एकलव्य आदर्श आवासीय विद्यालयका चार मेधावी छात्रहरूको जेईई मेन्समा चयन भएको छ, जसबाट विद्यालयमा खुशीको माहोल छ। एकलव्य विद्यालयको टीम जेईई मेन्सपछि अब जेईई एडवान्सको तयारीमा जुटेको छ।

राकेश कुशवाहाले बताए, जेईई एडवान्समा राम्रो ऱ्याङ्कको निम्ति तीनै विषय (गणित, भौतिकी र रसायन) मा राम्रो अकं ल्याउनुपर्नेहुन्छ। जेईई मेन्समा चयन भएपछि छात्रहरूलाई राज्य स्तरको कलेज प्राप्त हुन्छ। एडवान्समा चुनिएपछि आईआईटी जस्ता देशका ठूला संस्थानमा प्रवेशको अवसर पाइन्छ। एकलव्य विद्यालयको यस सफलताले विद्यालयको नाम राम्रो शैक्षणिक संस्थानहरूमा सामेल भएको छ।

तामिया स्थित एकलव्य आदर्श आवासीय विद्यालयले जेईई र नीटको निम्ति देशभरिमा आकर्षणको केन्द्र बनेको छ। यस विद्यालयको हालमा नीट परीक्षामा सामेल भएका 67 आदिवासी छात्रहरूमध्ये 57 चयनित भएका छऩ्। यस बापत जनजातिय विकास विभाग, छिन्दवाड़ाका सहायक आयुक्त सत्येन्द्र सिंह मरकामले भऩे, एकलव्य विद्यालयका शिक्षकहरूको टीम र छात्रहरूको परिश्रम र नवाचारको कारण विद्यालयका छात्रहरूले यो उपलब्धी हासिल गरेका छऩ्। यो वास्तवमा हाम्रो निम्ति गर्वको क्षण हो, यहाँका छात्रहरूको सफलता अन्य छात्रहरूका लागि प्रेरणा श्रोत बन्नेछ। एकलव्य आदर्श आवासीय विद्यालय योजना अन्तर्गत आदिवासी नानीहरूलाई उनीहरूको आफ्नो वातावरणमा कक्षा 6 देखि 12औंसम्म गुणवत्तापूर्ण शिक्षा प्रदान गरिँदैछ।

ज्ञात होस्, आदिवासी छात्रहरूको भविष्य सपार्न केन्द्रिय जनजातिय कार्य मन्त्रालयले देशभऱिमा 728 एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) स्थापित गर्ने लक्ष्य निर्धारित गरेको छ, जसबाट लगभग 3.5 लाख जनजातिय छात्रहरूलाई लाभ हुनेछ।

प्राचार्य़ राकेश कुशवाहाले बताए, एकलव्य आदर्श विद्यालय आदिवासी बहुल क्षेत्रहरूमै स्थापित गरिन्छ। खासगरी त्यस्ता क्षेत्रमा जहाँ 50 प्रतिशतभन्दा धेरैको जनसंख्या आदिवासीहरूको होस् वा क्षेत्रमा आदिवासीहरूको जनसंख्या 20000 होस्। यी क्षेत्रहरूमा केन्द्र सरकारले राज्य सरकारको सहयोगले आदिवासी नानीहरूका लागि यो विद्यालय चलाउँछ, जसमा उनीहरूलाई सबै आवश्यक सुविधाहरू निःशुल्क प्रदान गरिन्छ। एकलव्य आदर्श विद्यालयको उद्देश्य आदिवासी छात्रहरूलाई गुणवत्तापूर्ण शिक्षा प्रदान गर्नका साथै उनीहरूलाई प्रतियोगी परीक्षाहरूका लागि तयार गर्नुपनि हो, जसबाट आदिवासी नानीहरू मुख्यधारामा सामेल हुन सकुन्।

यस आवासीय विद्यालयमा सबै छात्रहरूका लागि सबै आवश्यक सुविधाहरू उपलब्ध गराइन्छ, जसमा आवास, भोजन, किताबहरू र स्टेलशनरी, स्कूकल ड्रेस, प्रयोगशालाहरू, पुस्तकालय र खेल सुविधाहरू सामेल छऩ्। यति मात्र होइन यहाँ तकनीकी शिक्षादेखि लिएर स्मापर्ट क्लाखस र एआई बेस्ड कम्प्यूटर ल्याबको सुविधा पनि शुरू भएको छ। सरकारको प्रय़ास छ कि आदिवासी नानीहरूलाई आफ्नो सपना साकार गर्नमा कुनै प्रकारको पनि कमी महसूस नहोस्। यहाँ धेरै नानीहरू यस्ता छन्, जो डाक्टर बनेर आफ्नो देशवासीहरू, खासगरी आदिवासी समाजको सेवा गर्न चाहन्छन्। कोही इन्जीनियर बन्न चाहन्छ भने त कोही आफ्नो क्षेत्रको कृषिको निम्ति शोध गर्न चाहन्छ। शिक्षालाई लिएर यी जनजातिय नानीहरूको आत्मविश्वास र उत्साहले उनीहरूको सुनौलो भविष्यको संकेत दिँदछ। जुन प्रकार विद्यालयमा आदिवासी नानीहरूलाई उनीहरूको सपनाहरूलाई साकार गर्न प्रोत्साहित गरिँदैछ, यो एक शानदार शुरूआत हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande