सिलगढ़ी, 22 जुलाई (हि.स.)। एनजेपी स्टेशनमा क्यापिटल एक्सप्रेसबाट 56 जना युवतीहरूलाई उद्धार गरिएको छ।
प्राप्त जानकारी अनुसार जलपाईगुड़ी, कुचबिहार, अलिपुरद्वार एवं डुवर्सका 56जना युवतीहरूलाई नोकरी दिलाउने नाममा बिहार लगिँदैथ्यो। यद्यपि युवतीहरूका परिवारहरूलाई बताइएको थियो, नोकरी दिलाउनको लागि बेंगलुरू लगिँदैछ।
गए सोमवार राति लगभग 9 बजी एनजेपी स्टेशनमा ट्रेनको जाँच गर्दा जीआरपी र आरपीएफलाई युवतीहरूलाई एकसाथ देख्दा शंका लाग्यो। त्यसपछि उनीहरूसित जाँचबुझ गरियो। युवतीहरूसित कुनै टिकट थिएन। सबैको हातमा उनीहरूको कोच नम्बर र बर्थ नम्बरको मोहर लगाइएको थियो।
जाँचबुझमा युवतीहरूले बताए, उनीहरूलाई काम दिलाउनको लागि बेंगलुरू लगिरहेको छ। बिहार जाने ट्रेनमा युवतीहरू बसेको देखेर जीआरपीको शंका झन् गहिरियो। त्यसपछि आरपीएफ र जीआरपीले युवतीहरूलाई लगिरहेको आरोपमा कोलकाता निवासी जितेन्द्र पासवानर सिलगढ़ी निवासी चन्द्रिकालाई स्टेशनबाटै हिरासतमा लियो। हिरासतमा लिइएका आरोपीहरूसित जाँचबुझ भइरहेको छ। जीआरपी र आरपीएफले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा