जम्मू, 22 जुलाई (हि.स.)। मुसलधारे पानी परिरहेको भए पनि 3,500भन्दा अधिक तिर्थ यात्रीहरूको एक जमात मंगलवार भोर बिहान कड़ा सुरक्षाबीच हिम बाबाको दर्शन गर्न जम्मूदेखि प्रस्थान भएको छ। गत 3 जुलाईमा तिर्थयात्रा शुरू भएदेखि अहिलेसम्ममा 3 लाखभन्दा अधिक तिर्थ यात्रीहरूले 3,880 मीटर उच्चतामा अवस्थित भगवान शिवको मन्दिरको दर्शन गरिसकेका छन् जहाँ प्राकृकित रूपले निर्मित हिउँको शिवलिंग छ।
अधिकारीहरूले बताए, केन्द्रिय रिजर्भ पुलिस बल र पुलिस कर्मीहरूको संरक्षणमा 3,536 जना तिर्थ यात्रीहरूको 20औं समूह जसमा 2,601 जना पुरुष, 822 जना महिला, 11 जना बाल-बालिका तथा 102 जना साधु-साध्वीहरू सामेल छन्, बिहान 3.33 बजीदेखि 4.09 बजीबीच 132 वाहनहरूमा जम्मूको भगवती नगर आधार शिविरदेखि प्रस्थान भयो।
तिर्थ यात्रीहरूको पहिलो टोली जसमा 1,250 जना सामेल थिए, 48 वटा वाहनहरूमा सवार भएर गाँदरबल जिल्लामा 14 किलोमीटर लामो-साँघुरो, तर अधिक ढलान भएको बालटाल मार्ग तर्फ प्रस्थान भयो। यसरी नै 84 वटा वाहनहरूमा सवार भएर 2,286 जना तिर्थ यात्रीहरूको दोस्रो लस्कर अनन्तनाग जिल्लाको पारम्परिक 48 किलोमीटर लामो पहलगाम मार्ग भएर यात्रा गरिरहेको छ।
बितेका केही दिनदेखिको तिर्थ यात्रा गर्नेहरूको संख्या घट्दो छ। अधिकारीहरू अनुसार तिर्थ यात्रीहरूको संख्या घट्नुको प्रमुख कारण के हो भने अन्य स्थानहरूमा तिर्थ यात्राको निम्ति पञ्जीकरणलाई बन्द गरिएको छ। अब पञ्जीकरण भगवती नगर आधार शिविरमा मात्र भइरहेको छ। अहिलेसम्ममा चार लाखभन्दा अधिक तिर्थ यात्रीहरूले अनलाइन पञ्जीकरण गराइसकेका छन्। पछिल्लो वर्ष 5.10 लाखभन्दा अधिक तिर्थ यात्रीहरूले पवित्र गुफाको दर्शन गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा