मथुरा, 22 जुलाई (हि.स.)। लण्डनस्थित इस्कन मन्दिरमा एक जना व्यक्तिले चिकन खाएको घटनालाई लिएर मंगलवार वृन्दावनका साधु-सन्तहरूले व्यापक प्रतिक्रिया व्यक्त गर्दै घटनाको कड़ा निन्दा गरेका छन्।
मंगलवार अपरान्ह श्रीकृष्ण जन्मभूमि मन्दिर केसका मुख्य याचिकाकर्ता दिनेश फलाहारीले भने, मन्दिरमा चिकन खानु घोर चिन्ताको विषय हो। यस्ता मानिसहरूमाथि त्यहाँको सरकारले कड़ा कारबाही गर्नुपर्छ। यसरी नै राजेश पाण्डेले भने, इस्कन मन्दिरमा भगवान कृष्ण र बलरामजीका मुर्तिहरू छन्। यसरी मन्दिरमा चिकन खानु दुर्भाग्यपूर्ण हो।
महन्त मोहनी शरण महाराजजीले भने, इस्कन एक अन्तर्राष्ट्रिय संस्था हो जसले सम्पूर्ण विश्वमा सनातन धर्मको प्रचार-प्रसार गर्दछ। कुनै सनातन धर्मको विरोधीले यो कार्य गरेको हुनसक्छ। यस निन्दनीय कृत्यको हामी विरोध गर्दछौं। डाक्टर सत्यानन्द महाराजजीले भने, यदि इस्कन मन्दिरका सदस्यहरूले उक्त व्यक्तिमाथि कारबाही नगरे हामी इस्कन विरूद्ध अपील गर्नेछौं। महन्त रामदास महाराजले भने, इस्कन मन्दिरमा कुनै पनि यात्रीको प्रवेशपूर्व गहन जाँच हुनुपर्छ। तब मात्र मन्दिरको पवित्रता बच्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा