कोलकाता, 22 जुलाई (हि.स.)। दक्षिण दिनाजपुरको बंशिहारी क्षेत्रमा गए सोमवार राती एकजना सब्जी व्यापारीलाई अज्ञात हमलाकारीहरूले गोली दागेर रुपियाँले भरिएको ब्याग लुटेर भागे। व्यापारीलाई गम्भीर अवस्थामा हाल मालदा मेडिकल कलेजमा भर्ती गरिएको छ जहाँ तिनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
पुलिस सूत्र मुताविक घाइते व्यापारीको पहिचान मनोजीत सरकारको रूपमा भएको छ जो बुनियादपुरका निवासी हुन्। सब्जी व्यापारी भएको कारणले तिनी दिनहुँ नै व्यापारको सिलसिलामा गाजोल जाने गर्दछन्। सोमवार पनि तिनी गाजोलमा दिनभरि व्यापार गरेपछि आफ्नो वाहन मार्फर राती लगभग 9 बजी घर फर्किरहेका थिए।हरिमरामपुर थाना अन्तर्गत मेहदीपाड़ा भएर गुज्रिरहेको समय दुईवटा मोटरसाइकलमा सवार चारजना अज्ञात आक्रमणकारीहरूले उनलाई पछ्याए।
मनोजीतको वाहन कर्तीपाड़ा मोड़ नजिक पुग्नसाथ आक्रमणकारीहरूले गोली चलाउन थाले। पाँच राउण्ड गोली चलाउँदा दुईवटा गोली मनोजीतलाई लाग्यो- एउटा गलामा र एउटा काँधमुनि पिठ्ँयुमा। जबकि एउटा गोलीले गिजालाई छोएर बाहिर निक्लियो। व्यपारी वाहनभित्रै रगतपच्छे भएर लड़े, त्यसपछि आक्रमणकारीहरूले उनको पैसाले भरिएको ब्याग लुटेर भागे।
घटनापछि गाजोल थाना पुलिसले घटनास्थलमा पुगेर जाँच कार्य शुरू गरेको छ। प्रारम्भिक जाँचमा यो हमला सुनियोजित रहेको र लुट्ने ध्येयले गरेको हुनसक्ने अनुमान लगाइएको छ। तथापि अन्य कारणहरूको पत्तो लगाउन पनि पुलिसले विभिन्न कोणहरूबाट जाँच गरिरहेको छ।
स्थानीय व्यापारी एवं मानिसहरूमा यस घटनाप्रति व्यापक रोष व्याप्त भएको छ। उनीहरूले क्षेत्रमा सुरक्षा व्यवस्थालाई सशक्त बनाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा