कोरबामा कंग्रेसको चक्का जामः चैतन्य बघेलको पक्राउको विरोधमा प्रदर्शन
कोरबामा कंग्रेसको चक्का जामः चैतन्य बघेलको पक्राउको विरोधमा प्रदर्शन


कोरबा, 22 जुलाई (हि.स.)। कोरबामा कंग्रेस पार्टीले पूर्व मुख्यमन्त्री भूपेश बघेलका छोरा चैतन्य बघेललाई पक्राउ गरेको विरोधमा चक्का जाम गऱ्यो। कटघोरा-अम्बिकापुर नेशनल हाइवे-130 मा जेन्जरा बाइपास चौकमा आयोजित उक्त प्रदर्शन अवधि कंग्रेस कार्यकर्ताहरूले सड़क जाम गरेर ईडीको विरोधमा नाराबाजी गरे। प्रदर्शनमा सामेल कार्यकर्ताहरूले तिरंगा झण्डा फहराउँदै भाजपा सरकारको विरोधमा व्यापक नारा लगाए। प्रदर्शनमा कंग्रेसका वरिष्ठ नेताहरू क्रमैले पूर्व राजस्व मन्त्री जयसिंह अग्रवाल, रामपुरका विधायक फूल सिंह राठिया, कटघोराका पूर्व विधायक पुरुषोत्तम कँवर, पूर्व विधायक मोहित राम केरकेट्टा सामेल भए।

रामपुरका विधायक फूल सिंह राठियाले भने, भाजपा सरकारले विपक्षलाई दबाउनको लागि ईडीको दुरूपयोग गरिरहेको छ। यो एक राजनीतिक प्रतिशोध हो र हामी यसको विरोधमा लड़्नेछौं। उनले अझ भने, छत्तीसगढ़को भाजपा सरकारले प्रदेशलाई लुट्ने काम गरेको छ। उनीहरूले प्रदेशका संसाधनहरूलाई आफूले रुचाएका व्यक्तिहरूलाई दिएका छन् भने अब उनीहरूले विपक्षलाई दबाउनका लागि ईडीलाई प्रयोग गरिरहेका छन्।

कंग्रेस कार्यकर्ताहरूले आरोप लगाए, भाजपा सरकारले विपक्षलाई दबाउनको लागि ईडीको दुरूपयोग गरिरहेको छ। उनीहरूले चैतन्य बघेलको पक्राउलाई राजनीतिक प्रतिशोध बताए। यो विरोध प्रदर्शन राज्यभरि नै कंग्रेस पार्टीद्वारा आयोजना गरिएको थियो। तर स्कूल बस, एम्बुलेन्सलाई भने बन्दबाट छुट दिइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande