मलमा अवैध निर्माण विरूद्ध निगमको कारबाही
मलमा अवैध निर्माण विरूद्ध निगमको कारबाही


सिलगढ़ी, 22 जुलाई (हि. स.)। सिलगढ़ी नगर निगमले अवैध निर्माण विरूद्ध निरन्तर अभियान जारी राखेको छ। यसै क्रममा मंगलवार निगमको टीले सेवक रोडस्थित एक मलमा निर्मित अवैध निर्माणलाई भत्काउन शुरू गरेको छ।

प्राप्त जानकारी अनुसार निगमको टीमले मल परिसरमा निर्मित पार्किंग एरिया, रेस्टोरेन्ट, लिफ्ट जोन, कोरिडोर आदि विरूद्ध कारबाही गरिरहेको छ।

भनिन्छ, यो कारबाही उच्च अदालतको निर्देशपछि गरिएको हो। मंगलवार संचालित निगमको अवैध निर्माण विरोधी अभियानको कारणले स्थानीय पसलेहरूमा कोकोहोलो मच्चियो। तथापि घटनास्थलमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको कारण कुनै अप्रिय घटना घटेन। यस कारबाहीपछि निगमले यो पनि स्पष्ट संकेत दिएको छ, शहरमा कुनै पनि प्रकारको अवैध निर्माणलाई सहन गरिनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande