दिलीप घोष फर्किने संकेत, भने-पार्टी र कार्यकर्ताहरूले चाहे खड़गपुरबाट लड़्नेछु विधानसभा चुनाउ
दिलीप घोष फर्किने संकेत, भने-पार्टी र कार्यकर्ताहरूले चाहे खड़गपुरबाट लड़्नेछु विधानसभा चुनाउ


कोलकाता, 22 जुलाई (हि.स.)। भाजपाका वरिष्ठ नेता एवं पूर्व प्रदेश अध्यक्ष दिलीप घोषले आगामी वर्ष 2026-को विधानसभा चुनाउमा खड़गपुरबाट चुनाउ लड़्ने संकेत दिएका छन्। मंगलवार बिहान खड़गपुरमा पार्टी कार्यकर्ताहरूसित भेट गर्ने क्रममा उनीसित सोधियो, के तपाई फेरि एकपटक खड़गपुरबाट विधानसभा चुनाउ लड़्नु हुनेछ? जवाफमा उनले भने, कोशिश गर्नेछु। पार्टीले जे भन्छ त्यही गर्छु। पार्टीबाट मलाई केही पनि चाहिँदैन र पार्टीलाई पनि मबाट केही चाहिँदैन।

दिलीप घोषको यो टिप्पणी यस्तो समयमा आएको छ जतिबेला भाजपामा नेतृत्व परिवर्तनपछि उनको राजनीतिक सक्रियता फेरि बढ़ेको छ। शमिक भट्टचार्य प्रदेश अध्यक्ष भएपछि दिलीप घोषलाई पहिलाको जस्तै जनसम्पर्क तथा मीडिया सम्वादमा सक्रिय देखिँदैछ। उनले नियमित रूपमा बिहान घुम्न निक्लिँदा मानिसहरूसित भेट गरिरहेका छन् तथा जिल्लामा पार्टी कार्यक्रमहरूमा सामेल भइरहेका छन्।

दिलीप घोषले वर्ष 2016- मा खड़गपुर सदर सीटबाट चुनाउ लड़ेर आठ पटकसम्म विधायक भएका कंग्रेसका ज्ञानसिंह सोहनपाललाई परास्त गरेका थिए। त्यसताक उनी भाजपाका प्रदेश अध्यक्ष थिए। त्यसपछि वर्ष 2019-मा मेदिनीपुर लोकसभा सीटबाट सांसद भए। तर वर्ष 2021-को विधानसभा चुनाउमा भाजपाले खड़गपुरबाट अभिनेता हिरेन च्यटर्जी (हिरण)-लाई टिकट दियो।

2024 सालको लोकसभा चुनाउमा दिलीप घोषलाई वर्दमान-दुर्गापुर सीटबाट मैदानमा उतारिएको थियो जहाँ उनलाई हारको सामना गर्नु परेको थियो। त्यसपछिदेखि उनको राजनीतिक भविष्यलाई लिएर अड़कलहरू शुरू भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande