कोलकाता, 22 जुलाई (हि.स.)। वरिष्ठ भाजपा नेता दिलीप घोषले तृणमूल कंग्रेसका अभिनेता-सांसद देव (दीपक अधिकारी)-लाई लिएर चर्को टिप्पणी गरेका छन्। उनले एकातिर देवलाई मेदिनीपुरको सज्जन युवक बताए भने अर्कोतिर उनलाई निष्क्रिय र राजनीतिमा बेकामे बताउँदै उनलाई राजीनामा दिने सल्लाह दिए। घोषले सोझै आरोप लगाए, देवलाई तृणमूल नेतृत्वले बलजफ्ती चुनाउ लड़्न बाध्य बनायो र अहिले उनले पार्टीको दबावमा आएर राजनीति गरिरहेका छन्।
दिलीप घोषले मंगलवार बिहान खड़गपुरमा मर्निंग वक अवधि पत्रकारहरूसित बातचित गरिरहेका थिए। उनीसित घाटालका सांसद देवलाई लिएर प्रश्न गर्दा उनले भने, “केटा राम्रो छ, तर यस्तो निष्क्रिय राम्रो केटाको के काम? कसको दबावमा देवले अहिले पनि राजनीति गरिरहेका छन्?” घोषले कटाक्ष गर्दै भने, देवले हरेक पटक नै चुनाउमा वाचा गर्दछन् कि घाटाल मास्टर प्लानलाई लागू गराइनेछ, तर अहिलेसम्म केही भएको छैन।
भाजपा नेताले भने, देवले वर्ष 2024-को लोकसभा चुनाउमा उम्मेद्वारिता गर्न चाहेका थिएनन्, तर ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीले उनलाई राजी गराए। उनीहरूले वाचा गरे, यदि केन्द्र सरकारले पैसा दिएन भने राज्य सरकारले आफ्नो खर्चमा घाटाल मास्टर प्लान लागू गराउनेछ। यसै आश्वासनमा देवले चुनाउ लड़े अनि ठूलो मतले जीत पनि हासिल गरे। अहिले योजना क्रियान्वयन गर्न समय लागिरहेको छ। घाटालका मानिसहरू हैरान भएका छन्, तर देवले न त स्थितिक जायजा लिए न बाढ़ी प्रभावित क्षेत्रहरूमा पुगे।
दिलीप घोषले चर्को शब्दमा भने, “देवलाई भनियो कि यदि राजनीति गरेनन् भने उनका फिल्महरूलाई बन्द गरिनेछ, प्रोडक्शनमा अड़चन उत्पन्न गरिनेछ। यदि उनीसित दम छ भने बाहिर निक्लेर हेरून्। अब उनले राजनीति छोड़्नुपर्छ। उनी स्वयं खड़ा हुन चाहँदैनन्, तर पार्टीले बलजफ्ती गऱ्यो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा