बाँकुड़ा, 22 जुलाई (हि.स.)। खातड़ाको खड़बेन क्षेत्रमा मंगलवार भोर बिहान भएको सड़क दुर्घटनामा 70 वर्षीय वृद्धको मृत्यु भयो। घटनापछि आक्रोशित स्थानीय मानिसहरूले सड़कमा स्पीड ब्रेकर निर्माण गर्ने माग गर्दै बिहान 6 बजीदेखि बाँकुड़ा-खातड़ा राज्य सड़कलाई जाम गरिदिए। जामको कारणले क्षेत्रमा यातायात पूर्ण रूपले बाधित भयो। मृतकको पहिचान दुबराजपुर गाउँका शम्भु बारिक (70)- को रूपमा भएको छ।
पुलिस सूत्र अनुसार शम्भु बारिक मंगलवार बिहान आफ्नो नातिनीलाई साइकलमा चढ़ाएर खड़बेन बस स्टपसम्म पुऱ्याउन आएका थिए। तिनी आफ्नी नातिनीलाई बसमा चढ़ाएपछि साइकलमै घर फर्किरहेका थिए। यसै क्रममा द्रूत गतिको वाहनले उनलाई ठक्कर दिएर भाग्यो। वृद्धको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगे। शम्भु बारिकलाई मृत अवस्थामा देखेर स्थानीयहरू आक्रोशित भए। उनीहरूले प्रशासनमाथि लापरवाहीको आरोप लगाउँदै तुरून्त स्पीड ब्रेकर बनाउने माग गर्दै सड़क जाम गरे।
प्रदर्शनकारीहरूको भनाइ छ, खड़बेनको यस सड़कमा प्रायजसो नै वाहनहरू द्रूत गतिमा गुड़्ने गर्दछन् र स्पीड ब्रेकर नभएको कारणले यस प्रकारका घटनाहरू सामान्य भएको छ। यदि समयमै स्पीड ब्रेकर बनाएको भए सायद आज यो दुर्घटना टर्न सक्थ्यो।
सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले प्रदर्शनकारीहरूलाई सम्झाएर सड़कबाट हटाउने प्रयास गऱ्यो, तर यो समाचार लेखुञ्जेलसम्म विरोध प्रदर्शन जारी थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा