मालदा, 22 जुलाई (हि.स.)। मालदा जिल्ला परिषद भवनमा मंगलवार बिहान आगो लाग्यो। बिहान भवनको तेस्रो तलाबाट कालो धुँवा आइरहेको स्थानीय मानिसहरूले देखेपछि तत्कालै दमकल विभागलाई सूचना दिए। घटनाको खबर पाउनसाथ दमकलको एउटा वाहन घटनास्थलमा पुगेर आगो निभाउन लागिपऱ्यो। साथै जिल्ला परिषदका कर्मचारीहरू पनि घटनास्थलमा पुगे।
दमकल विभागानुसार हाल स्थिति नियन्त्रणमै छ। तथापि यस आगलागीमा के-कति क्षति भयो त्यसको मूल्यांकन अहिलेसम्म पूर्ण हुन सकेको छैन।
दमकल विभागको जाँच अनुसार आगलागीको कारण शर्ट सर्किट पनि हुनसक्छ। मंगलवार बिहान 7 बजी स्थानीय मानिसहरूले भवनको चौथो तलाबाट धुँवा र आगो निक्लिरहेको देखेपछि दमकललाई सूचना दिए। त्यसपछि दमकलकर्मीहरूले घटनास्थलमा आएर आगोलाई नियन्त्रण गरे।
जानकारी अनुसार आगो इञ्जीनियरिंग सेक्शनमा लागेको थियो। यो स्पष्ट भएको छैन, आगो शर्ट सर्किटकै कारणले लागेको हो वा अन्य कुनै कारण। घटनाको जानकारी पाउनसाथ जिल्ला परिषदका सचिल लगायत अन्य अधिकारीहरू पनि घटनास्थलमा पुगेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा