आईआईटी खड़गपुरका छात्रको गलामा गोली फसिएर मृत्यु, जाँचको लागि फ्याक्ट-फाइण्डिंग प्यानल गठित
आईआईटी खड़गपुरका छात्रको गलामा गोली फसिएर मृत्यु, जाँचको लागि फ्याक्ट-फाइण्डिंग प्यानल गठित


खड़गपुर, 22 जुलाई (हि.स.) । आईआईटी खड़गपुरमा फेरि एउटा पीड़ादायी घटना घटेको छ। खड़गपुरको द्वितीय वर्षका छात्रको सोमवार राति गलामा गोली फसिएर मृत्यु भयो। मृतक छात्रको पहिचान मध्यप्रदेशको छिंदवाड़ा निवासी चन्द्रदीप पवारको रूपमा भएको छ जो इलेक्ट्रिकल इञ्जीनियरिंगका छात्र थिए।

प्राप्त जानकारी अनुसार चन्द्रदीपले राति खाना खाएपछि आफ्नो छात्रावासमा एउटा औषधि निल्ने प्रयास गरे, तर त्यो औषधि उसको गलामा अड़्कियो जसले गर्दा उसलाई श्वास-प्रश्वासमा समस्या भयो। उसलाई उसको रूममेट्स र अन्य साथीहरूले तुरून्त बीसी राय टेक्नोलजी अस्पतालमा पुऱ्याए जहाँ तत्कालै सीपीआर शुरू गरियो, तर डाक्टरहरूका तमाम प्रयासले पनि उसलाई बचाउन सकेन।

अस्पतालद्वारा जारी मेडिकल रिपोर्टमा भनिएको छ, चन्द्रदीपलाई गत 21 जुलाईको राति 10:20 बजी आपातकालीन कक्षमा ल्याइयो। उसलाई यहाँ ल्याउने उसका साथीहरूले बताए, गोली निल्नसाथ उसलाई अचानक सास फेर्न गाह्रो भयो र अस्पताल लैजाने क्रममा उ बेहोस भएको थियो। अस्पतालमा पुग्दा पनि उसको नब्स चलिरहेको थिएन, ब्लड प्रेशर रेकर्ड भइरहेको थिएन र शरीरको सबै भाग नीलो भएको थियो।

रिपोर्टमा अझ बताइयो, ड्यूटीमा उपस्थित डाक्टर अनि तीन जना वरिष्ठ चिकित्सकहरूले तुरून्त सीपीआर दिन शुरू गरेका थिए, औषधि दिइयो र उसलाई इन्टुबेट गरियो। यस प्रक्रिया अवधि उसको सास नलीबाट गोलीको एउटा टुक्रा निकालियो, तर उसको हृदयको धड़कन पुन शुरू हुन सकेन। ईसीजी रिपोर्टमा मुटुलाई पूर्ण रूपले निष्क्रिय पाइयो अनि राति 11:05 बजी उसलाई मृत घोषित गरियो।

संस्थानले यस घटनाको जाँचको लागि दश सदस्यीय फ्याक्ट फाइण्डिंग कमिटी गठन गरेको छ। विद्यार्थीका परिवारलाई सूचित गरिएको छ र शवलाई पोस्टमर्टम गर्न पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande