बंगाललाई कश्मीर बनाउने चेष्टा नगरून् ममता ब्यानर्जीलेः दिलीप घोष
बंगाललाई कश्मीर बनाउने चेष्टा नगरून् ममता ब्यानर्जीलेः दिलीप घोष


खड़गपुर, 22 जुलाई (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता दिलीप घोषले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि गम्भीर आरोप लगाएका छन्। मंगलवार खड़गपुरमा पत्रकारहरूसित बातचित गर्दै उनले भने, ममता ब्यानर्जीका नीतिहरूको कारण राज्यको स्थिति चिन्ताजनक भएको छ। यदि यस्तै अवस्था कायम रहे बंगाल कश्मीरको मार्ग-मा अग्रसर हुनेछ।

घोषले भने, राज्यबाट 40-50 लाख मानिसहरू पलायन भइसकेका छन्। मुख्यमन्त्रीले बंगलादेशी अनुप्रवेशकारीहरूलाई प्रधानमन्त्री गरीब कल्याण योजनाको लाभ दिरहेकी छन्, किनभने तिनीहरूले उनलाई भोट दिन्छन्। यो लोकतन्त्रको निम्ति भयानक हो। ममता ब्यानर्जी बंगाललाई कश्मीर बनाउनदेखि बच्नुपर्छ।

दिलीप घोषले प्रधानमन्त्री नरेन्द्र मोदीको बंगाल नीतिको प्रशंसा गर्दै भने, मोदीजीले बंगाली भाषा र संस्कृतिलाई सम्मान दिएका छन्, नेताजी सुभाष चन्द्र बोसको प्रतिमा पनि स्थापना गराए। तर ममता ब्यानर्जीले भोट ब्यांकको राजनीति मात्र गरिरहेकी छन्।

'अपरेशन सिन्दूर'-माथि संसदमा बहस गर्नुपर्ने विपक्षको मागमाथि बोल्दै घोषले भने, केही मानिसहरूको मनमा सन्देह हुनसक्छ, तर संसदको मनसुन सत्रमा यसमाथि चर्चा भयो भने सबै कुरा स्पष्ट हुनेछ। सारा देशले देख्नेछ, प्रधानमन्त्री मोदी र हाम्रा सेनाले कसरी अद्भुत कार्य गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande