बालिकासित दुष्कर्म, एमएमसीएचमा भर्ती
बालिकासित दुष्कर्म, एमएमसीएचमा भर्ती


पलामु, 22 जुलाई (हि.स.)। गढ़वा जिल्लाको चिनिया थाना क्षेत्रमा दुई वर्षीय आदिम जनजाति बालिकासित दुष्कर्म गरेको मामिला मंगलवार सामु आएको छ। बालिकाको अवस्था त्यसबेला झन् बिग्रियो जतिबेला उसलाई उन्नत उपचारको निम्ति एमआरएमसीएच मेदिनी नगरमा मंगलवार बिहान भर्ती गरियो। बालिकाको उपचार भइरहेको छ। आफन्त अनि अन्य घटनास्थलमै उपस्थित छन्।

परिवार अनुसार गाउँकै युवकले बालिकालाई घुम्ने बहानामा आफूसित लिएर गएको थियो। फर्केर आउँदा बालिकाको गुप्तांगबाट रगत बगिरहेको थियो। परिवारलाई शुरूमा दुष्कर्म भएको थाहा भएन। पछि स्थानीय डाक्टरकहाँ जँचाउन जाँदा मात्र दुष्कर्म भएको पुष्टि भयो। तत्कालै बालिकालाई उपचारको निम्ति गढ़वा सदर अस्पतालमा लगियो जहाँ प्राथमिक उपचारपछि स्थितिमा सुधार नआएको कारणले पीड़ितालाई एमआरएमसीएच रेफर गरियो।

बालिकाका पिताले घटना बारे पूर्ण गराउँदै भने, गाउँकै युवकले उनीहरूकी छोरीसित यस्तो घृणित कार्य गरेको हो। घुमाएर घरमा आएपछि युवकले भन्यो, नानीको गुप्तांगबाट रगत बगिरहेको छ। शुरूमा हामीलाी लाग्यो कुनै तिखो वस्तुले घोंचेर यस्तो भएको होला। तर पछि लोकल डाक्टरलाई देखाउँदा दुष्कर्म भएको जानकारी भयो। पिताले आरोपी युवकमाथि कारबाही गरिदिने गुहार मागेका छन्। पुलिसले आऱोपी युवकलाई पक्राउ गरिसकेको छ।

डाक्टर नीलम होरो र डा. प्रियंकाले बालिकाको उपचार गरे। बिहान 10 बजे बताए, गम्भीर अवस्थालाई केन्द्र गर्दै उसलाई राँची रेफर गर्ने निर्णय लिइएको छ। डाक्टरहरूको भनाइ छ, बालिका यस घटनादेखि धेरै डराएकी छे। उसको मानसिक सन्तुलन ठीक छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande