बर्दवान, 22 जुलाई (हि. स.)। फ्लाइओभरको मागलाई लिएर मंगलवार बिहान बर्दवानको नला-मेटियाली डीभीसी मोड़मा स्कूलका विद्यार्थीहरूले विरोध प्रदर्शन गरे। स्कूल ड्रेसमा प्लेकार्ड बोकेर विद्यार्थीहरू राष्ट्रिय राजमार्ग-19मा बसे अनि लगभग तीन घण्टासम्म चक्का जाम गरिदिए।
यो क्षेत्र बर्दवान शहर संलग्न बर्दवान-1 ब्लकको बेलकाश ग्राम पञ्चायत अन्तर्गत पर्दछ। विद्यार्थीहरूको भनाइ थियो, फ्लाइओभर वा अण्डरपास नभएको कारणले उनीहरूलाई लगभग डेढ़ किलोमीटर लामो घुमौरो बाटो हिँड़ेर स्कूल पुग्नुपर्छ। त्यसैले उनीहरू स्कूल ढिलो पुग्छन्। विद्यार्थीहरूको यस आन्दोलनमा स्थानीय मानिसहरू पनि सामेल भए। उनीहरूले बताए, फ्लाइओभरको अभावमा समय मात्र खेरो जाँदैन जबकि सड़क पार गर्दा ज्यानलाई पनि उत्तिकै जोखिम हुन्छ। दिनहुँ ज्यानलाई हातमा राखेर नानीहरूलाई स्कूल पठाउनुपर्छ।
प्रदर्शनको कारणले राष्ट्रिय राजमार्गका दुवै तर्फ ट्राफिक पूर्ण रूपले ठप्प भयो। सूचना पाउनसाथ बर्दवान थानाको पुलिस, बर्दवान-1 ब्लकका बीडीओ रजनिश यादव अनि राष्ट्रिय राजमार्ग प्राधिकरणको प्रतिनिधि टीम घटनास्थलमा पुगे। अधिकारीहरूले विद्यार्थी अनि स्थानीय मानिसहरूसित बातचित गरी उनीहरूलाई फ्लाइओभर बनाइदिने आश्वासन दिए जसपश्चात प्रदर्शन समाप्त भएर यातायात सामान्य भयो।
बीडीओ रजनिश यादवले बताए, विद्यार्थीहरूको समस्यालाई राष्ट्रिय राजमार्ग प्राधिकरण समक्ष उठाइएको छ। उनीहरूले चाँड़ै कारबाही गर्ने आश्वासन दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा