सुकान्त मजुमदारले राष्ट्रिय झण्डा दिवसमा शुभकामना दिए
सुकान्त मजुमदारले राष्ट्रिय झण्डा दिवसमा शुभकामना दिए


कोलकाता, 22 जुलाई (हि. स.)। केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुकान्त मजुमदारले राष्ट्रिय झण्डा दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिए। साथै उनले भारतको तिरंगा झण्डाको उत्पत्ति अनि विकासलाई दर्शाउने एक मिनट पाँच सेकेण्डको एक सुन्दर भीडियो साझा गरे।

मंगलवार आफ्नो एक्स (पूर्वमा ट्विटर) सन्देशमा उनले लेखेका छन्, 22 जुलाई, 1947-को यस ऐतिहासिक दिनमा भारतीय संविधान सभाले गर्वको साथमा तिरंगालाई भारतको राष्ट्रिय झण्डाको रूपमा स्वीकार गरेको थियो। तिरंगा एउटा झण्डा मात्र होइन, यसको दर्जा त्योभन्दा पनि धेरै माथि छ। यो हाम्रो स्वतन्त्रता, एकता र करोड़ौं हृदयका सपनाहरूको एक पवित्र प्रतीक हो। आउनुहोस् हामी आफ्नो राष्ट्रको भावनालाई नमन गरौं अनि ती मूल्यहरूलाई सदैव उच्च राखौं जसको यो प्रतीक हो।

सुकान्त मजुमदारले ‘सारे जहां से अच्छा’- को धुन सहित 1906, 1907, 1917, 1921, 1931 औ अन्तमा 1947 सालका तिरंगालाई सामेल गर्दै यो प्रेरणादायी भीडियो साझा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande