हालिशहर जुट मिलमा श्रमिकको पीड़ादायी मृत्यु, मशिनमा फसेर गयो ज्यान
हालिशहर जुट मिलमा श्रमिकको पीड़ादायी मृत्यु, मशिनमा फसेर गयो ज्यान


उत्तर 24 परगना, 22 जुलाई(हि.स.)। उत्तर 24 परगना जिल्लाको हालिशहरमा अवस्थित हुकुमचन्द जुट मिलमा मंगलवार बिहाना 52 वर्षीय श्रमिक मोहम्मद रूस्तम अलीको पीड़ादायी मृत्यु भयो।

प्रत्यक्षदर्शीहरू अनुसार मशिन चलिरहेको समय उसको शरीर मशिनको सम्पर्कमा पऱ्यो। दुर्घटना भएको तत्कालै मशिन आफै बन्द भए पनि त्यसबेलासम्ममा उसको शरीर मशिनमा पूर्ण रूपले फसिसकेको थियो। उसको चित्कार सुनेर अन्य कर्मचारीहरू दौड़ेर घटनास्थलमा पुगे अनि उसलाई बाहिर निकालेर तुरून्तै नजिकैको कल्याणई ईएसआई अस्पतालमा लगियो जहाँ डाक्टरहरूलाई उसलाई मृत घोषित गरिदिए।

मोहम्मद रुस्तम अली हालिशहरकै निवासी थिए भने वर्षौंदेखिको जुट मिलमा कार्यरत् थिए। उनको अचानक यसरी मृत्यु भएपछि परिवार गहिरो शोकमा परेको छ। उनको परिवारले अति सामान्य अर्थिक स्थितिमा जीवन यापन गरिरहेको थियो। उनी घरको एकमात्र कमाउने सदस्य थिए। उनको मृत्युले उनको परिवारमाथि वज्रपात भएको छ।

घटनापछि जुट मिल परिसरको वातावरण तनाउपूर्ण भएको छ। केही श्रमिकहरूले मिल प्रशासनमाथि लापरवाहीको आरोप लगाएका छन्। कतिपयको भनाइ छ, सुरक्षाको पर्याप्त उपाय गरिएको थिएन। काम गर्दा श्रमिकहरूको सुरक्षालाई लिएर प्रबन्धन पक्षले कुनै गम्भीरता देखाउँदैन।

मिल प्रशासनको पक्षबाट हाल यस दुर्घटनामाथि कुनै आधिकारिक बयान जारी गरिएको छैन। तर घटनाको सूचना स्थानीय थानालाई दिइएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande