रेलवे क्रसिङ पार गर्दै गर्दा ट्रेनको चपेटमा परी युवकको मृत्यु
रेलवे क्रसिङ पार गर्दै गर्दा ट्रेनको चपेटमा परी युवकको मृत्यु


जौनपुर, 22 जुलाई (हि.स.)। बरसठी थाना क्षेत्रको सुखलालगञ्ज रेलवे क्रसिङमा गए सोमवार राती एक भयानक दुर्घटनामा मौटरसाइकल सवार युवकको ट्रेनको चपेटमा परी मृत्यु भयो। मृतकको पहिचान अजय गौतम (26),पुत्र उमाशंकर गौतम निवासी बरसठी थाना क्षेत्रको रूपमा भएको छ।

अजय आफ्नो मोटरसाइकल मार्फत जमालपुरदेखि घर फर्किरहेका थिए। सुखलालगञ्ज क्रसिंग गर्दै गर्दा तिनी जौनपुर-इलाहाबाद प्यासेन्जर ट्रेनको चपेटमा परे। प्रत्यक्षदर्शीहरू अनुसार युवकले रेलवे क्रसिंग पार गर्दा रेलको गतिको अनुमान लगाउन सकेन फलस्वरूप यो घटना घट्यो।

घटनाको सूचना पाएर बरसठी थाना प्रभारी राजेश यादव तत्काल पुलिस बल सहित घटनास्थलमा पुगे अनि शवलाई कब्जामा लिएर आवश्यक कानूनी कारबाही आरम्भ गरेका छन्। यस पीड़ादाी घटनाबाट गाउँमा शोक व्याप्त भएको छ। परिवारका सदस्यहरूको रोएर बेहाल भएको छ। घटनाबारे जानकारी गराउँदै मंगलवार अप्पर पुलिस अधीक्षक ग्रामीण आतिश कुमार सिंहले बताए, रेलवे लाइन पार गर्दा यो दुर्घटना भएको हो। घटनालाई लिएर जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande