सीएएफएल राभाङ्ला र एसबीआई याङ्गाङद्वारा याङगाङमा जन सुरक्षा शिविर आयोजना गरिने
सीएएफएल राभाङ्ला र एसबीआई याङ्गाङद्वारा याङगाङमा जन सुरक्षा शिविर आयोजना गरिने


गान्तोक, 22 जुलाई (हि.स.)। 1 जुलाईदेखि 30 सेप्टेम्बर, 2025 सम्म ग्राम पञ्चायत र शहरी स्थानीय निकाय स्तरमा प्रमुख वित्तीय समावेशीकरण योजनाहरूलाई व्यापक बनाउनका लागि चलिरहेको राष्ट्रव्यापी पहलको एक हिस्साको रूपमा क्रिसिल फाउण्डेशन अन्तर्गत सीएफएल राभाङ्लाले भारतीय स्टेट ब्याङ्क (एसबीआई) याङ्गाङको सहयोगमा 23 जुलाई, 2025 मा बिहान 11:00 बजीदेखि याङ्याङस्थित स्वयं सहायता समूह महासंघ कार्यालयमा एक जन सुरक्षा शिविर आयोजना गर्नेछ। उक्त जानकारी आज पीआईबीले दिएको छ।

यो कार्यक्रम वार्ड पञ्चायत र जिल्ला पञ्चायतको उपस्थितिमा आयोजना गरिनेछ। विशेष गरी आम जनताको हितको लागि तयार गरिएको यो शिविरले वित्तीय सेवा विभाग (डीएफएस) को मार्गदर्शनमा सामाजिक सुरक्षा योजनाहरूलाई बढ़ावा दिन र तिनमा विविधता ल्याउने लक्ष्य राखेको छ।

व्यक्तिहरूले प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई), प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई), अटल पेन्शन योजना (एपीवाई) र प्रधानमन्त्री जन धन योजना (पीएमजेडीवाई) लगायत विभिन्न सामाजिक सुरक्षा योजनाहरूमा नामाङ्कन गर्न सक्नेछन् र आफ्नो वित्तको प्रभावकारी प्रबन्धन गर्नका लागि आवश्यक ज्ञान र कौशल पनि प्राप्त गर्न सक्नेछन्।

यो शिविरमा भाग लिएर व्यक्तिहरूले आफ्नो र आफ्नो परिवारको लागि राम्रो वित्तीय सुरक्षा सुनिश्चित गर्न सक्नेछन्, जसले गर्दा वित्तीय समावेशीकरण र कल्याणलाई बढ़ावा मिल्नेछ बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande