कोलकाता, 22 जुलाई (हि. स.)। कोलकाताको देशप्रिया पार्क क्षेत्रमा मंगलवार बिहान सरत बोस रोडस्थित सुधीर भवन सामु फुटपाथमा युवकको रगताम्मे शव भेटियो जसले गर्दा क्षेत्रमा कोकोहोलो मच्चियो।
प्राप्त जानकारी अनुसार एक जना स्थानीय चिया विक्रेताले बिहान आफ्नो पसल खोल्दै गर्दा शवलाई देखे अनि पुलिसलाई सूचना दिए। टलीगञ्ज थानाको पुलिस घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
प्रारम्भिक जाँच अनुसार युवकको उमेर 25-30 वर्षको हुनसक्छ। स्थानीय मानिसहरूले बताए, युवकलाई उनीहरूले चिन्दैनन् जसबाट उसको पहिचान र मृत्युको परिस्थितिलाई लिएर रहस्य अझ गहिरो भएको छ। पुलिसले यस कुराको जाँच गरिरहेको छ, यो मामिला दुर्घटना हो वा हत्या। युवकको पहिचान खोलाउन पुलिस जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा