इम्फाल, 22 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूद्वारा संचालित समन्वित खोजी अभियानको क्रममा सातजना उग्रवादीहरूलाई पक्राउ गरियो साथै प्रचुर मात्रामा हतियार र संंदिग्ध सामग्गरीहरू पनि जफ्त गरियो। यी उग्रवादीहरू दुईवटा प्रतिबन्धित संगठनहरूसित जोड़िएका छन्।
पुलिस प्रवक्ताले मंगलवार बताए, तेंगनौपाल जिल्लाको मोरेह थाना अन्तर्गत भारत-म्यान्मार सीमा नजिक पांगाल बस्तीमा गोप्य सूचनाको आधारमा कांंगलेइपाक कम्युनिस्ट पार्टी (केसीपी)- का तीनजना क्याडरहरूलाई समातियो जसको पहिचान खुमंतेम उमाकान्त सिंह (36, मोंगबुंग, जिरीबाम), पुख्रंबम नाओटन सिंह (22, निंगथौखोंग मयाई लेइकेई, विष्णुपुर) र सोइबम बरगिल मैतेई (23, इरोम मिजराओ, इम्फाल वेस्ट)- को रूपमा भएको छ।
इ्न्टेलिजेन्स एजेन्सीहरूको नेतृत्वमा इम्फाल ईस्ट जिल्लाको कोइरेंगई चिंगोल लेइकै क्षेत्रबाट यूनाइटेड पिपुल्स पार्टी अफ कांगलेइपाक (यूपीपीके)-सित आवद्ध चारजना उग्रवादीहरूलाई पक्राउ गरियो जसमा निशान ङगंबम (24), लैशांगबम रोशन सिंह (35), चुंगखम किरण मैतेई (21) औ चन्दम रतन मैतेई (41) सामेल छन् जसले संगठनभित्र कोड नाममा काम गरिरहेका थिए।
यूपीपीकेका यी उग्रवादीहरूबाट एउटा सिल्भर ह्युंडई गेट्ज कार, 9,230 रुपियाँ नगद, 10 रुपियाँ नेपाली मुद्रा, पाँचवटा मोबाइल फोन, पाँचवटा सिम कार्ड, चारवटा आधार कार्ड एवं एउटा प्यान कार्ड जफ्त गरियो जसले सम्भावित सीमा पारी षड़यन्त्र तर्फ संकेत गर्दछ।
यसरी नै कांगपोकपी जिल्लाको टिंगकाई खुल्लेन र संलग्न माओहिंग अनि चांगौबुंग गाउँका जंगलहरूमा संचालित खोजी अभियान अवधि हतियारहरूको एउटागोप्य भण्डार भेटियो जहाँबाट इंसास राइफल, एम16 र एमए1 असल्ट राइफल, स्नाइपर राइफल, टेलीस्कोपिक साइटवाला .303 राइफल, देशी बन्दुकहरू, पेस्तोलहरू अनि भारी मात्रामा कारतूस जफ्त गरियो।
अधिकारीहरूले बताए, यो समन्वित अभियान उग्रवादीहरूको गतिविधि एवं उनीहरूको लजिस्टिक नेटवर्कमाथि सशक्त प्रहार हो। हाल मामिलाको विस्तृत जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा