राजधानीको कृषि भवन क्षेत्रमा एक व्यक्तिको हत्या
राजधानीको कृषि भवन क्षेत्रमा एक व्यक्तिको हत्या


गान्तोक, 22 जुलाई (हि.स.)। राजधानीको कृषि भवन क्षेत्रमा एक व्यक्तिको हत्या भएको छ। अर्कोतिर, हत्यामा संलग्न आरोपीले पुलिस समक्ष आत्मसर्पण गरेको छ। मृतक व्यक्तिको शव पुलिसले पोस्टमार्टमको लागि पठाएको छ।

पुलिस रिपोर्ट अनुसार, सदर पुलिसकर्मीहरूले कृषि भवन क्षेत्रमा स्थानीय एक व्यक्तिको घर छेउमा मृत देह फेला पारे। मृतकको शरीरभरि चोटका निशानहरू थिए। यस घटनाको सम्बन्धमा बीएनएस 2023 को धारा 103 अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरिएको छ।

अर्कोतिर, उक्त व्यक्तिको हत्यामा संलग्न आरोपी व्यक्तिले पुलिस समक्ष आत्मसमर्पण गरेको पुलिस सूत्रहरूले बताएका छन्। हत्याको कारण स्पष्ट हुन सकेको छैन। पुलिसले मामिलाको जॉंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande