पटना , 22 जुलाई (हि.स.)। बिहार विधानसभामा मनसुन सत्रको दोस्रो दिन सदनको कारबाही शुरू हुनसाथ विपक्षी विधायकहरूले व्यापक खैलाबैला मच्चाए। स्पीकर नन्दकिशोर यादवले सदनको कारबाही शुरु गर्नसाथ विपक्षी विधायकहरूले सदनमा उभिएर हो-हल्ला गर्नथाले
खैलाबैला गर्दै विधायकहरू वेलमा पुगेर नाराबाजी गर्नथाले। स्पीकरले विधायकहरूलाई शान्त बनाउने चेष्टा गरे तर उनीहरू मान्न राजी थिएनन्। स्पीकरले विपक्षी विधायकहरूसित प्रश्न गरे, तपाईहरू कालो कपड़ा लगाएर किन आउनु भएको, राम्रो लागिरहेको छैन। स्पीकरले नाराबाजी गरिरहेका विधायकहरूसित भने, नारा लगाउँदा-लगाउँदा तपाईहरूको गला बस्छ, चुनाउमा पनि नारा लगाउनुपर्छ, पहिला नै बस्यो भने गाह्रो हुन्छ।त्यसैले तपाईहरू सीटमा बस्नुहोस्।
वास्तवमा मतदाता पुनरीक्षणमाथि बहस गर्ने मागलाई लिएर विपक्षी विधायकहरूले खैलाबैला गरिरहेका थिए। हातमा पोस््टर लिएर वेलमा पुगेका विपक्षी विधायकहरको हातबाट प्ले कार्ड खोस्ने आदेश स्पीकरले दिए। त्यसपछि मार्शलले सबैबाट पोस्टर लिए।
यसपूर्व सदनको कारबाही शुरू हुनअघि नै राजद विधायकहरूले सदन बाहिर व्यापक हल्ला-खल्ला गरे। स्पीकर नन्दकिशोर यादवलाई पनि विधानसभामा जानदेखि रोक्ने चेष्टा गरे। राजद-कंग्रेस अनि वामदलका विधायकहरूले सरकारको विरोधमा गगनभेदी नाराबाजी गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा