संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ
संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ


गान्तोक, 22 जुलाई (हि.स.)। सदर पुलिस थानाले एक 24 वर्षीय महिलालाई ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने महिलाको नाम जानुका छेत्री बताइएको छ। उनी नाम्ची जिल्लाको फोङ्गला, नामथाङ निवासी हुन्।

पुलिस रिपोर्ट अनुसार, सदर पुलिसले राजधानीको पानी हाउसस्थित स्थानीय एउटा होटलमा सोमवार रेड गरेर महिलालाई ब्राउन शुगरसहित पक्राउ गऱ्यो। उनी होटलमा कोठा लिएर बसेकी थिइन्। पुलिसले महिलाबाट 17 वटा प्लास्टिक पाउच फेला पाऱ्यो, जसमा संदिग्ध 49.24 ग्राम ब्राउन शुगर थियो। यसरी नै अर्को 21 वटा प्लास्टिक पाउचमा संदिग्ध 29.66 ग्राम ब्राउन शुगर र एउटा सेतो प्लास्टिक पाउचमा 0.54 ग्राम ब्राउन शुगर जफत गरिएको छ।

पुलिसले एनडीपीएस अधिनियम 1985 अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande