रूसमा ट्रम्पको सख्त टिप्पणीको ईयू रक्षा प्रमुखले स्वागत गरे
ट्रम्प


वाशिङ्गटन, 22 जुलाई (हि.स.)। यूरोपीय संघका रक्षा प्रमुखले डोनाल्ड ट्रम्पको हालको यूक्रेन समर्थक टिप्पणीहरू रूस विरूद्ध सहयोगको निम्ति एक नयाँ अवसर प्रस्तुत गरेको बताएका छन्।

यूरोपीय रक्षा र अन्तरिक्ष आयुक्त एन्ड्रियस कुबिलियस, जो अहिले अमेरिका दौड़ाहमा छन्, उनले वाशिङ्गटनमा पत्रकारहरूसित कुराकानी गर्दै भने, मलाई यो देखेर खुशी लाग्यो कि ट्रम्पले रूसी राष्ट्रपति व्लादिमीर पुतिन विरूद्ध सख्त रबैया अपनाएका छन्। यसले यूक्रेनलाई समर्थन दिनका लागि एक नयाँ द्वार खोल्दछ।

डोनाल्ड ट्रम्पले हालमा घोषणा गरेका थिए कि यदि पुतिनले 50 दिनभित्र युद्ध समाप्त गर्नका लागि समझौता नगरे उनले रूसमाथि कड़ा टेरिफ (आर्थिक प्रतिबन्ध) लगाउनेछन्।

कुबिलियसको यो दौड़ाह अमेरिका र यूरोपीय संघबीच रक्षा सहयोग र यूक्रेनलाई समर्थनलाई लिएर वार्ताहरूको हिस्सा हो। उनले अमेरिकी अधिकारीहरूसित भेटेर यूरोपीय रक्षा रणनीति र यूक्रेनमा जारी संघर्षको समाधानको निम्ति सम्भावित कदहरूमाथि चर्चा गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande