ढाका, 22 जुलाई (हि.स.)। बांग्लादेश वायुसेनाको प्रशिक्षण लडाकू विमान राजधानी ढाकाको उत्तरामा सोमवार माइलस्टोन स्कूल एवं कलेजको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको घटनामा मृतकहरूको संख्या बढेर 27 पुगेको छ। मृतकहरूमा 25 जना नानी सामेल छन्। विमान दुर्घटनाको जॉंच वायुसेनाले आफ्नो स्तरमा पनि गरिरहेको छ।
द डेली स्टारको समाचार अनुसार, मुख्य सल्लाहकारका विशेष सहायक (स्वास्थ्य एवं परिवार कल्याण) प्रो. मोहम्मद सईदुर रहमानले आज बिहान नेशनल इन्स्टीट्यूट अफ् बर्न एण्ड प्लास्टिक सर्जरीमा संवाददाता सम्मेलनमा मृतकहरूको संख्याको पुष्टि गरे।
उनले भने, दुर्घटनामा घाइते कम्तिमा 78 जनाको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेको छ। उनीहरू मध्ये पॉंच जनाको स्थिति गम्भीर छ। रहमानले भने, मृतकहरूमा 25 जना नानी छन्। यी नानीहरू कोही 12 सालभन्दा कम उमेरका छन्। अन्य दुई मृतकहरूमा विमानका पायलट र स्कूलकी शिक्षिका सामेल छन्।
उनले भने, अहिलेसम्म 20 जनाको शव परिवारलाई सुम्पिएको छ। अस्पतालका अधिकारीहरू अनुसार, पीडितहरूका आफन्तहरू र अन्य मानिसहरूको भीडलाई नियन्त्रित गर्नका लागि राष्ट्रिय बर्न एवं प्लास्टिक सर्जरी संस्थानमा सेना तैनात गरिएको छ।
उल्लेखनीय छ, चाइनामा निर्मित यस प्रशिक्षण लडाकू विमान बीजीआईमा उडेको केही क्षणमै प्राविधिक गडबडी आएको थियो। बांग्लादेश इन्टर सर्विसेज पब्लिक रिलेशन्स अनुसार, यो विमान दिउॅंसो 1:06 बजी हजरत शाहजलाल अन्तरराष्ट्रिय हवाई अड्डाबाट उडेको थियो। उडेको केही क्षणमा विमान दुर्घटनाग्रस्त भयो।
हिन्दुस्थान समाचार / भवानी थामी