वाशिङ्गटन, 26 जुलाई (हि.स.)। अमेरिकी सेनाले शुक्रवार सीरियामा गरेको कारबाहीमा आतङ्कवादी समूह इस्लामिक स्टेट अफ् इराक एण्ड सीरिया (आईएसआईएस) का एक शीर्ष नेता र उनका दुई छोरालाई मारेको छ। उक्त जानकारी अमेरिकी सेण्ट्रल कमाण्ड (सेन्टकम) ले विज्ञप्तिमा दिएको छ। आईएसआईएसलाई इस्लामिक स्टेट (आईएस), इस्लामिक स्टेट अफ् इराक एण्ड द लेवान्ट (आईएसआईएल), वा दायश पनि भनिन्छ। यो आतङ्की इस्लामी समूह इराक र सीरियामा सक्रिय छ।
सीएनएनको समाचार अनुसार, सेन्टकमको विज्ञप्तिमा भनिएको छ, आईएसका वरिष्ठ नेता धिया जौबा मुस्लीह अल-हरदानी, उनका दुई छोरा अब्दुल्ला धिया अल-हरदानी र अब्द अल-रहमान धिया जौबा अल-हरदानीले अमेरिकी र गठबन्धन सेनाहरूका साथै नयॉं सीरिया सरकारको लागि खतरा उत्पन्न गरिरहेका थिए। घटनास्थलमा उपस्थित तीनजना नानी र तीन महिलाहरूलाई कुनै प्रकारको क्षति भएन। सीएनएन अनुसार, सेन्टकमले आफ्नो विज्ञप्तिमा छापा बाहेक अरू कुनै जानकारी दिएको छैन।
सेन्टकम कमाण्डर जनरल एरिक कुरिल्लाले विज्ञप्तिमा भने, 'हामी आईएसआईएस आतङ्कवादीहरूको लगातार पछि लागिरहने छौ। उनीहरू चाहे आकाशमा होस् वा पातालमा।'
उल्लेखनीय छ, अमेरिकाले गठबन्धन सेनाहरूसॅंग लामो समयदेखि सीरिया र इराकमा आईएसआईएस विरोधी अभियानको सञ्चालन गरिरहेको छ। अमेरिकी सेनाले मईमा इराकमा र सीरियामा एक आतङ्कीलाई मारेको थियो। यस अघि मार्चमा अमेरिकी सेनाले इराकमा एक सठीक हवाई हमला गरेर आतङ्कवादी समूहका सञ्चालन प्रमुख र प्रतिनिधि समितिका अमीर अब्दुल्ला मक्की मुस्लीह अल-रिफाई र एक अन्य आईएसआईएस आतङ्कवादीलाई मारेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी