मालदीव पुगे प्रधानमन्त्री मोदी, राष्ट्रपति मोइज्जूले एयरपोर्टमा गरे सौहार्दपूर्ण स्वागत
मोदी


माले, 25 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिटेनको दौड़ाह पूरा गरी शुक्रवार मालदीवको दुई दिवसीय यात्रामा माले पुगेका छन्। प्रधानमन्त्री मोदी मालदीव पुग्दा राष्ट्रपति मोहम्मद मोइज्जू सहित उनको क्याबिनेटले सौहार्दपूर्ण स्वागत गरे।

सन अनलाइन अनुसार, आज बिहान माले एयरपोर्टमा राष्ट्रपति मोहम्मद मोइज्जु र विदेश मन्त्री अब्दुल्ला खलील सहित अन्य क्याबिनेट सहयोगीहरूले प्रधानमन्त्री मोदीको स्वागत गरे। राष्ट्रपति मोइज्जूले प्रधानमन्त्री मोदीलाई अँगालो हाले। प्रधानमन्त्री मोदी मालदीवका राष्ट्रपति मुइज्जूको निमन्त्रणमा मालदीव पुगेका हुन्।

मालदीवको स्वतन्त्रता दिवसको 60औं वर्षगाठमा मोदीलाई मुख्य अतिथिको रूपमा आमन्त्रित गरिएको छ। यो साल भारत र मालदीवको राजनयिक सम्बन्धहरूको 60 वर्ष पूरा भएको प्रतीक पनि हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande