डा. कलामको पुण्यतिथिमा केन्द्रिय मन्त्री धर्मेन्द्र प्रधानले अर्पित गरे श्रद्धाञ्जलि
कलाम


भुवनेश्वर, 27 जुलाई (हि.स.)। पूर्व राष्ट्रपति एवं ‘मिसाइल म्यान’ को नामले प्रसिद्ध डा. एपीजे अब्दुल कलामको पुण्यतिथिमा केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले उनलाई श्रद्धाञ्जलि अर्पित गरे।

केन्द्रिय मन्त्रीले आइतवार सोशल मीडिया एक्समा लेखेका छन्, पूर्व राष्ट्रपति ‘मिसाइल म्यान’ को नामले विख्यात महान वैज्ञानिक 'भारत रत्न' डा. एपीजे अब्दुल कलामको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जलि। डा. कलामको सम्पूर्ण जीवन देशभक्ति, विनम्रता र वैज्ञानिक सोचको आदर्शको उदाहरण रह्यो।

उनले आफ्नो अथक परिश्रमले भारतलाई रक्षा, अन्तरिक्ष र शिक्षाको क्षेत्रमा नयाँ दिशा दिए। युवाहरूको सपनाहरूलाई समर्थन गर्ने ‘पीपल्स प्रेसिडेन्ट’ कलामले आफ्नो विचारहरू, कर्म र आचरणले साधारण पृष्ठभूमिबाट पनि असाधाराण उचाइहरूलाई प्राप्त गर्न सकिन्छ भनी सिद्ध गरे। उनको सरलता, ईमानदारी र देशभक्ति भावी पीढ़ीहरूलाई सदैव प्ररेणा दिइरहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande