प्रधानमन्त्रीले गंगईकोन्डा चोलपुरममा आदि तिरूवथिरई महोत्सवमा भाग लिए
प्रधानमन्त्रीले गंगईकोन्डा चोलपुरममा आदि तिरूवथिरई महोत्सवमा भाग लिए


नयाँ दिल्ली, 27 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार तमिलनाडूको तिरूचिरापल्ली स्थित गंगईकोन्डा चोलपुरम मन्दिरमा आदि तिरूवथिरई महोत्सवमा महान चोल सम्राट राजेन्द्र चोल प्रथमको जयन्ती उत्सवमा भाग लिए। यस अवसरमा उनले सम्राटको सम्मानमा एक स्मारक सिक्का जारी गरे।

प्रधानमन्त्री मोदीले आज गंगईकोन्डा चोलपुरम मन्दिरमा पूजा-अर्चना गरे। यस अवधि उनी एक 'कलश' (धातुको भाड़ा) लिएर आए, जसमा गंगाको जल भरेको थियो। यो जल धार्मिक दृष्टिले पवित्र मानिन्छ। उनको आगमनमा मन्दिरका पुजारीले पारम्परिक सम्मानको साथ उनको स्वागत गरे।

प्रधानमन्त्री मोदीले यस अवसरमा आयोजित सार्वजनिक कार्य्रक्रममा भने, भारत देशको विविधता र संस्कृति हाम्रो साम्राज्य र धरोहरको प्रतीक हो। चोल साम्राज्यको विरासतले हामीलाई एकतामा कति शक्ति हुन्छ भन्ने सिकाउँछ। यस ऐतिहासिक मन्दिरमा पूजा गर्नु मेरो निम्ति अत्यन्त सम्मानको कुरा हो। यहाँ मैले केवल आफ्नो व्यक्तिगत प्रार्थना गरिरहेको छुइन तर मैले देशको 140 करोड़ जनताको कल्याणको निम्ति प्रार्थना गरेको छु। मैले भगवान शिवसित सबैलाई आशीर्वाद प्रदान गर्ने आशीर्वाद मागेको छु।

चोल साम्राज्यको इतिहासको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, राजेन्द्र चोल प्रथमले न केवल दक्षिण भारतमा तर दक्षिण-पूर्व एशियामा पनि आफ्नो साम्राज्यको विस्तार गरे। उनका विजयी सेनाहरू श्रीलंका, मालदीव र अन्य देशहरूसम्म पुगे। यो संयोग हो कि म हिजो मात्र मालदीवबाट फर्केको हुँ र आज यस एतिहासिक कार्यक्रमको हिस्सा बनिरहेको छु। चोल राजाहरूले सदैव सांस्कृतिक एकतालाई बढ़ाउने कार्य गरे।

प्रधानमन्त्रीले चोल साम्राज्यको योगदानलाई याद गर्दै भने, राजेन्द्र चोलले गंगा जललाई उत्तरदेखि दक्षिणमा ल्याएर पूजन गरे। आज त्यसलाई पोन्नेरी झीलको रूपमा चिनिन्छ। यो जल हाम्रो सांस्कृतिक धरोहरको प्रतीक हो।

उल्लेख्य, राजेन्द्र चोल प्रथम (1014-1044 ई.) भारतीय इतिहासको सबैभन्दा शक्तिशाली र दूरदर्शी शासकहरूमध्ये एक थिए। उनको नेतृत्वमा चोल साम्राज्यले दक्षिण र दक्षिण-पूर्व एशियामा आफ्नो प्रभाव बढ़ायो। गंगईकोन्डा चोलपुरमलाई उनको शाही राजधानीको रूपमा स्थापित गरिएको थियो र यो मन्दिर आजपनि शैव भक्ति, स्मारकीय वास्तुकला र प्रशासनिक कौशलको प्रतीक बनेको छ।

आदि तिरुवथिरई महोत्सव तमिल शैव भक्ति परम्पराको एक महत्वपूर्ण उत्सव हो। चोलहरूले यसलाई उत्साहपूर्वक समर्थन दिए औं यसको 63 सन्त-कवीहरू – नयनमारहरू – ले यसलाई अमर बनाए। यस वर्षको उत्सवले विशेष महत्व बोक्दछ किनभने राजेन्द्र चोलको जन्म नक्षत्र तिरुवथिरई (आर्द्रा) मा भएको थियो, जुन 23 जुलाईदेखि शुरू हुँदछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande