इतिहासको पन्नामा 28 जुलाई: पहिलो विनाशकारी वैश्विक युद्धको शुरुवात
प्रथम विश्वयुद्धकाे शुरुवात- प्रतीकात्मक


नयॉं दिल्ली, 27 जुलाई (हि.स.)। प्रथम विश्वयुद्ध एक विनाशकारी वैश्विक युद्ध थियो जुन 28 जुलाई, 1914 देखि 11 नोभेम्बर 1918 सम्म चलेको थियो। यो लड़ाई मित्र राष्ट्रहरू (ब्रिटेन, फ्रान्स, रूस र पछि संयुक्त राज्य अमेरिका) र केन्द्रिय शक्तिहरू (जर्मनी, अस्ट्रिया-हंगरी, ओटोमन साम्राज्य र बुल्गारिया) बीच ल​डिएको थियो।

यस युद्धमा 70 मिलियनभन्दा धेरै सैन्य कर्मीहरूले भाग लिए, जसले यो इतिहासको सबैभन्दा ठूलो र घातक संघर्षहरूमा एउटा बन्यो। यसमा 9 मिलियनभन्दा धेरै सैनिक मारिए र 21 मिलियनभन्दा धेरै घाइते भए। पहिलो विश्वयुद्धका कारण चार महान साम्राज्य (अस्ट्रिया-हंगरी, जर्मनी, ओटोमन र रूस) को पतनका साथै धेरै नयॉं राष्ट्रहरूको उदय भयो।

इतिहासको पन्नामा 28 जुलाई (अन्य प्रमुख घटनाहरू)

1914 - प्रथम विश्व युद्धको शुरुवात।

1976 - चीनमा 8.3 तीव्रताकोको भुॅंइचालो आयो, जसमा लखौं मानिसहरूको मृत्यु भयो।

1995 - वियतनाम आसियानको सदस्य बन्यो।

2001 - पाकिस्तानका पूर्व विदेश मन्त्री मोहम्मद सिद्दिकी खान कंजूको हत्या।

2004 - इराकको बाकूबा शहरमा एक पुलिस भर्ती केन्द्रमा विस्फोट, 68 जनाको मृत्यु।

2005 - सौरमण्डलको दशौं ग्रहको खोज गरिएको दावी।

2005 - आयरिश रिपब्लिकन आर्मी (आईआरए) द्वारा आफ्नो सशस्त्र अभियान आधिकारिक रूपमा बन्द गरेको घोषणा।

2007 - पाकिस्तान सरकारले विवादास्पद लाल मस्जिदलाई अनिश्चितकालसम्म बन्द गर्ने घोषणा गऱ्यो।

2008 - निर्गुट देशहरूको मन्त्रीस्तरीय बैठकमा लिनका लागि भारतका विदेशमन्त्री प्रणव मुखर्जी तेहरान प्रस्थान।

विशेष दिवसः

विश्व प्रकृति संरक्षण दिवस

वर महोत्सव दिवस

विश्व हेपेटाइटिस दिवस

अर्थ ओवरशूट डे

विश्व लीवर (यकृत) दिवस

पेरूको प्याट्रियस पर्व

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande