भुवनेश्वर , 29 जुलाई (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा बाघ संरक्षणप्रति समर्पित वन्यजीव प्रेमीहरूलाई शुभकामना दिएका छन्।
केन्द्रिय मन्त्री प्रधानले मंगलवार आफ्नो सोषल मीडिया एकाउण्टमा पोस्ट गरी भने, केन्द्र सरकारको समग्र संरक्षण प्रयासको फलस्वरूप आज विश्वका 70 प्रतिशतभन्दा अधिक बाघ भारतमा छ। उनले ओडिशाको विशिष्टताको पनि सराहना गर्दै लेखे, “ओडिशा राज्य दुर्लभ मेलानिस्टिक (काले) बाघको पनि निवास स्थल हो जुन विश्वको अन्य कुनै पनि ठाउँमा पाइँदैन।”
प्रधानले लेखे, प्रधानमन्त्री नरेन्द्र मोदीको वन्यजीवहरूलाई उनीहरूको प्राकृतिक आवासहरूमा संरक्षित गर्नको लागि गरिएको मार्गदर्शन अनुरूप आउनुहोस् हामी सबै मिलेर बाघहरूको लागि सुरक्षित तथा समृद्ध आवास सुनिश्चित गर्न एवं यस शानदार प्राणीहरूको भविष्यको रक्षा गर्नेप्रति आफ्नो प्रतिबद्धलाई कायम राखौं।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा