सीएपी नेता एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
सीएपी नेता एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत


गान्तोक, 30 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका जिल्ला उपाध्यक्ष हरिचन्द्र छेत्री सत्तारुढ़ एसकेएम पार्टीका सामेल भएका छन्। उनले मुख्यमन्त्री तथा एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङलाई भेटेर एसकेएममा सामेल भएका छन्। छेत्रीले हिजो मात्र सीएपीबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा सीएपीका जिल्ला उपाध्यक्ष एवं 2024 को आम चुनाउमा नामथाङ रातेपानी निर्वाचन क्षेत्रबाट सीएपी उम्मेदवार हरिचन्द्र छेत्री आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएको जानकारी गराएका छन्। यस अवसरमा क्षेत्र विधायक एवं सल्लाहकार सन्जित खरेल पनि उपस्थित थिए।

मुख्यमन्त्रीले एसकेएम परिवारमा सामेल भएर हरिचन्द्र छेत्रीले प्रगति​शील मूल्यमान्यता, समावेशी राजनीति र जनताको आवश्यकतामा आधारित शासनमा साझा विश्वासलाई पुष्टि गरेको बताएका छन्। उनले एकता, अखण्डता र सार्वजनिक सेवाप्रति साझा प्रतिबद्धताका साथ हामी परिवर्तनकारी परिवर्तनको दिशामा काम गर्ने छौं, सिक्किममा विकासलाई अगाडि बढाउने छौं र प्रत्येक सिक्किमे नागरिकको कल्याणलाई अगाडि बढाउने छौं भनी उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande