गोलाघाट, 29 जुलाई (हि.स.)। असम सरकारले संवेदनशील असम-नागाल्याण्ड सीमावर्ती गोलाघाट जिल्लाको सरूपथार उप-मण्डल अधिनस्थ उरियामघाटको रेंगमा आरक्षित वन क्षेत्रमा रहेको 3,600 एकड़भन्दा अधिक वन भूमिलाई पुनः प्राप्त गर्नको लागि एक विशाल बेदखली अभियान शुरू गरेको छ। अधिकारीहरूले यस अभियानलाई राज्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण विरोधी पहल बताएका छन्।
गोलाघाट जिल्ला प्रशासन र वन विभागीय अधिकारीहरू अनुसार यस अभियानको उदेश्य लगभग एघार बिघा संरक्षित वन क्षेत्रमा फैलिएको कथित अतिक्रमणलाई हटाउनु हो जसबाट लगभग 15 सय परिवार प्रभावित हुनेछन् जसलाई बेदखली नोटिस दिइएको थियो।
बेदखलीको पहिलो चरण मंगलवार बिहान विद्यापुरको मुख्य बजार क्षेत्रबाट पुलिस र वन कर्मीहरूको व्यापक उपस्थितिमा भयो। अधिकारीहरूले बताए, यो अभियान बिस्तारै आवासीय क्षेत्रहरूमा पनि लागू गरिनेछ जहाँ 12 वटा गाउँमा मोठ 2,648 अवैध ढाँचाहरूलाई ध्वस्त बनाउनकोलागि चिन्हित गरिएको छ। चिन्हित गरिएका गाउँहरूमा सोनारीबिल टप, पीठघाट नम्बर 2, दयालपुर नम्बर 2 औ 3, दलनपाथर, खेरबारी, विद्यापुर, विद्यापुर बजार, मधुपुर नम्बर 2, आनन्दपुर, राजपुखुरी औ गेलाजन सामेल छन्।
एकजजना अधिकारीले बताए, यस क्षेत्रमा लगभग दुई हजार परिवार बसोबास गर्दथे।यिनीहरूमध्ये 15 सयलाई अवैध बस्तीको कारणले बेदखली नोटिस जारी गरिसकिएको छ भने रहल परिवार वैध वन अधिकार समिति (एफआरसी) प्रमाण पत्रको साथमा मान्यताप्राप्त वनवासी हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा