नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। गुरु गोबिन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू)- को एम. फार्मा प्रोग्रामको काउंसलिंग अफलाइन मोडमा विश्वविद्यालयको द्वारका क्याम्पसस्थित सेन्टर फर एक्सीलेन्स इन फार्मास्यूटिकल सइन्सेजमा आगामी 8 अगस्तमा आयोजना गरिनेछ जसमा मोठ 60 वटा सीटहरू उपलब्ध रहेको छ।
यस प्रोग्रामका सबै आवेदकहरूले काउन्सिलिंगको दिन विश्वविद्यालयका कुलसचिवको नाममा 96 हजार रुपियाँको ड्राफ्ट एवं अन्य आवश्यक दस्तावेज ल्याउनुपर्छ।
राष्ट्रिय प्रवेश परीक्षा ग्रेजुएट फार्मेसी एप्टीट्यूड टेस्ट (जीपैट) उतीर्ण सबै आवेदक जसले यस प्रोग्राममा प्रवेशको निम्ति अनलाइन आवेदन गरेका छन्,-ले यस प्रोग्रामको पहिलो काउन्सिलिंगमा भाग लिन सक्नेछन्।
यस सेन्टरका निदेशक प्रो. ए. के. नरूला अनुसार दुई वर्षको यो कोर्स पूर्ण रूपले रोजगारोन्मुखी छ। कोर्स समाप्तिपछि सरकारी एव निजी क्षेत्रमा नोकरीका धेरैवटा अवसरहरू पाइन्छ। उनले यस सन्दर्भमा विस्तृत जानकारी विद्यालयको वेबसाइटमा उपलब्ध रहेको पनि बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा