काजीरंगा (असम), 29 जुलाई (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले अन्तर्राष्ट्रिय बाघ दिवसको बधाई दिएका छन्। उनले भने, असमको बाघले शक्ति र गर्व सहित विचरण गरिरहेको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा सोशल मीडिया फेसबुकमा एउटा पोस्ट शेयर गर्दै भने, असमले बाघहरूको रक्षा मात्र गरिरहेको छैन जबकि उनीहरूको राज्यलाई पुनः प्राप्त गरिरहेको छ। विश्वमा तेस्रो सबैभन्दा अधिक बाघको घनत्व, विस्तारित अभ्यारण्य तथा अतिक्रमणविरूद्ध साहसिक कारबाहीसँगसँगै असमको बाघले शक्ति तथा गर्वको साथमा विचरण गरिरहेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको हार्दिक बधाई।
अर्कोतिर काजीरंगा राष्ट्रिय उद्यान प्रबन्धनले दिनभरि नै विविध कार्यक्रमको साथमा आज बाघ दिवस पालन गऱ्यो। बाघ संरक्षणको क्षेत्रमा काजीरंगा राष्ट्रिय उद्यानले विशेष सफलता हासिल गरेको छ। यसकारण काजीरंगालाई वर्ष 2007-मा टाइगर रिजर्भको रूपमा घोषणा गरिएको थियो। नवीनतम जानकारी अनुसार काजीरंगामा 104 वटा बाघ रहेको प्रमाण भेटिएको छ। तथापि राष्ट्रिय उद्यानमा लगभग 121 वटा बाघ रहेको अनुमान छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा