कोकराझार (असम), 29 जुलाई (हि.स.)। विश्व मानव तस्करी विरोधी दिवस- को अवसरमा कोकराझार जिल्ला प्रशासनद्वारा जिल्ला स्तरीय जागरूकता अभियानको आयोजन गरियो। जिल्ला सामाज कल्याण कार्यालयको सहयोगमा संकल्प : डीएचईडब्ल्यू, मिशन शक्ति, महिला एवं बाल विकास विभाग, असम अन्तर्गत मानव तस्करी औ बोक्सी प्रथामाथि आज जिल्ला स्तरीय जागरूकता अभियानको आयोजन गरियो। यो कार्यक्रम आज बीटीसी सचिवालय, बोडोफा नगर, कोकराझारको सभागारमा सम्पन्न गरियो।
कार्यक्रममा मानव तस्करी तथा बोक्सी प्रथा जस्ता गम्भीर सामाजिक कुरीतिहरूलाई लिएर विभिन्न हितधारकहरूलाई सम्वेदनशील बनाउन तथा केही कुप्रथाहरूलाई जरैदेखि निर्मूल पार्नको निम्ति सामूहिक प्रयास गर्नुपर्ने आवश्यकतामाथि चर्चा गरियो।
सभालाई सम्बोधन गर्दै महिला एवं बाल विकास विभागकी सचिव पामी ब्रह्मले बोक्सी प्रथाको व्यक्तिगत एवं सामाजिक प्रभावमाथि प्रकाश पारिन्। उनले विभागहरूमाझ समन्वय र सबै सम्बन्धित पक्षहरूको सक्रिय सहभागिता यस्ता कुरीति विरोधी संघर्षमा खाँचो पर्ने बताइन्। उनले भनिन्, “बोक्सी प्रथाले मानिसहरूको जीवनलाई गहिराईबाटै प्रभावित पार्दछ जसलाई कानूनी उपाय, रोकथामको पहल अनि सशक्त जन जागरूकता अभियानहरूको माध्यमबाट मास्नुपर्छ।”
जिल्ला विधिक सेवा प्राधिकरण (डीएलएसए)- का सहायक एलएडीसी रोनाल एक्काले मानव तस्करी र डायन प्रथासित सम्बन्धित कानूनी प्रावधानहरूमाथि जानकारीमूलक सत्र प्रस्तुत गरे। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग (एनएचआरसी)- द्वारा मानव तस्करीमाथि आधारित एक लघु फिल्म पनि प्रदर्शित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा